रुमुले ल्याइन् मनपोखरीमा अस्ट्रेलिया

रुमुले ल्याइन् मनपोखरीमा अस्ट्रेलिया

 

काठमाडौं : साहित्यकार तथा पत्रकार रुमु न्यौपानेले ‘मनपोखरीमा अस्ट्रेलिया’ नामक खण्डकाव्य पाठकमाझ ल्याएकी छन्। नइ प्रकाशनले बजारमा ल्याएको कृति सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी र लेखककी बूढी हजुरआमाले संयुक्त रूपमा विमोचन गरे।

रुमुले आफ्नो अस्ट्रेलिया बसाइका क्रममा आमालाई सम्झेर बुनेकी कथा नै मनपोखरीमा अस्ट्रेलिया हो। देवकोटाको मुनामदन झैं झ्याउरेमा लेखिएको यस खण्डकाव्य रुमु न्यौपानेको काव्यात्मक परिचय रहेको नइ प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईले बताइन्।

कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् जोशीले यस खण्डकाव्यमा आफ्नै विशेषता भए पनि यही कच्चा पदार्थलाई परिमार्जन गरी लेखकले महाकाव्यमा परिणत गर्नुपर्ने सुझाव दिए।

लायन्स क्लब अफ काठमाडौं निर्वानाको आयोजनामा भएको कार्यक्रममा क्लबका अध्यक्ष कुलराज थापाले रुमुको कृतिले विदेशिएका आम युवा पुस्ताको कथा समेटेको बताए। कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै प्रा.राजेन्द्र सुवेदीले कृति सानो भए पनि यसभित्र धेरै कुरा अटेको र यसले सिंगो समाजको सभ्यतालाई घचघच्याउने खालको समवेदना बोकेको टिप्पणी गरे।

सोमबार नै कृतिकी स्रष्टा रुमुको जन्मदिन पनि परेकाले कार्यक्रममा केक काटेर उनको जन्मदिन पनि मनाइयो। आमाको मुख हेर्ने दिनमा आफूले लेखेको एक कवितालाई अस्ट्रेलियामा साथीहरूलाई सुनाउँदा धेरै जना रोएकाले सबैको पीडा समेट्दै खण्डकाव्य बनाउने विचारमा आफू पुगेको रुमुले बताइन्। रुमुले यसअगाडि ‘बिहानीको किरण’ र ‘आफ्नै छायासँग’ शीर्षकका कवितासंग्रह पाठकमाझ ल्याइसकेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.