हावाहुरी प्रभावितलाई सुदूरपश्चिम सरकारको १ करोड सहयोग

हावाहुरी प्रभावितलाई सुदूरपश्चिम सरकारको १ करोड सहयोग

धनगढी : बारा र पर्साका हावाहुरी प्रभावितलाई राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले 1 करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश-२ सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।

यस्तै बैठकले हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारप्रति समवेदना प्रकट गरेको छ। बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको प्रदेश विपद् व्यवस्थापन बनेको विधेयक मन्त्रीपरिषद्ले स्वीकृत गरेर प्रदेशसभामा पठाउने निर्णय गरेको हो।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको उद्योग पर्यटन, वन व्यवस्थापनसम्बन्धी बनेको विद्येयक पनि बैठकले स्वीकृत गरेको शाहले जानकारी दिए।पत्रकार सम्मेलनमा मन्त्री शाहले चालू आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समीक्षाका बारेमा पनि जानकारी दिएका थिए ।

उनले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षका कूल बजेट तथा कार्यक्रमको २५ अर्ब ६ करोड ५६ लाख ४ हजार मध्ये हालसम्म वित्तीय प्रगति १२.१२ प्रतिशत र भौतिक प्रगति २४ प्रतिशत रहेको छ।

विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी पाइपलाइनमा तथा रनिङ बिलहरू आउने क्रम जारी रहेकोले कम प्रगति देखिएको मन्त्री शाहको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.