सरकारले सीके राउतलाई अंगालेर विप्लवलाई प्रतिबन्धित गर्नु लज्जास्पद : शशांक
स्याङ्जा : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। प्रेस युनियन स्याङ्जाले मंगलबार वालिङ्मा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा नरहेको बताए।
'आउँदो अधिवेशनमा म सभापतिको उम्मेदवार बन्छु भनेको छैन।परामर्शमा छु।वीपी कोइरालाको मार्ग चित्रमा हिँड्ने सबै व्यक्ति नै उहाँका सच्चा सपुत्र हुन्,' महामन्त्री कोइरालाले भने, 'संविधान र गणतन्त्र कार्यान्वयनका लागि सबै एकजुट हुनु आवश्यक छ।'
आफ्नै आन्तरिक द्वन्द्वका कारण चुनावमा पार्टी हारेको भन्दै अब गुट र उपगुटको अन्त्य गरी पार्टी संगठित र सुदृढीकरणमा आफू अघि बढेकोमा जोड दिए। कार्यक्रममा संघीय संसद एवं केन्द्रीय सदस्य डा. डिला संर्गौंला, राष्ट्रियसभा सदस्य सरिता प्रसाई, केन्द्रीय सदस्य धनराज गुरुङ, महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, कोषाध्यक्ष जानकी सिंह, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरलगायतले दोषका आधारमा कारवाही गर्न र राजनैतिक खोल ओढेकै आधारमा उन्मुक्ति नदिन सरकारलाई सुझाव दिए।
यसैगरी, सोही कार्यक्रममा भीरकोट नगरपालिकाका ५ का वडाअध्यक्ष लक्ष्मण अधिकारीले एक महिनाको तलब बराबरको रकम बाराको फेटा गाउँपालिकामा आएको भुमरीसहितको भीषण हुरीपीडितलाई राहतस्वरुप उपलब्ध गराएका छन्।
महामन्त्री डा. शशांक कोइरालामार्फत वालिङ् जेसीजका अध्यक्ष राजु तिवारीलाई वडाअध्यक्ष अधिकारीले १९ हजार ८ सय नगद रुपैयाँ प्रदान गरेका हुन्।