हावाहुरी बितन्डा : मृतकका परिवारलाई पाँच लाख दिने प्रचण्डको घोषणा

हावाहुरी बितन्डा : मृतकका परिवारलाई पाँच लाख दिने प्रचण्डको घोषणा

बारा : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई पाँच-पाँच लाख दिने घोषणा गरेका छन्। 

मंगलबार बाराको फेटा गाउँपालिका ६ पुरैनियाँ पुगेका प्रचण्डले पीडितलाई सम्बोधन गर्दै नेकपाको तर्फबाट पाँच-पाँच लाख दिने घोषणा गरेका हुन्। 
 

राहत वितरण गर्न पुगेका प्रचण्डले सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा भएकोसमेत प्रष्ट पारे। 

सँगै प्रचण्डले परिवारका चारजना सदस्य गुमाएका स्थानीय इजाहार मियाँका एक छोरालाई निःशुल्क पढाइदिने घोषणा  गरेका छन्। बालकलाई नेकपाको मुस्लिम भातृ संगठनले निःशुल्क शिक्षाको व्यवस्था गर्नेछ। 

उद्योगमन्त्री मातृका यादवसहित वीरगन्ज हुँदै फेटा गाउँपालिका पुगेका प्रचण्डले राहत र उद्धारमा जुट्न पार्टीका सबै तहका प्रतिनिधिलाई निर्देशन दिइसकेको जानकारी दिए। 

आइतबार रातिको हावाहुरीमा परी २८ जनाको मृत्यु भइसकेको छ। प्रदेश-२ को सरकारले मृतकका परिवारलाई तीन लाख दिने घोषणासमेत गरिसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.