बोराङ खोलामा बन्यो मोटरेबल पुल

बोराङ खोलामा बन्यो मोटरेबल पुल

बेंसीसहर : पूर्वी लमजुङको राइनास नगरपालिका-१ बोराङखोलामा मोटरेबल पुल निर्माण भएको छ। तार्कुघाट-बोराङखोला-बिचौर सडकखण्डमा पर्ने बोराङखोलामा मोटरेबल पुल निर्माण गरिएको हो। 

साविक जिल्ला विकास समितिको १ करोड ७५ लाख ९ हजार २ सय ३८ रुपैयाँ ९४ पैसा (भ्याटबाहेक) को लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए। उनका अनुसार नवनिर्मित मोटरेबल पुलको लम्बाई १६.६ मिटर र चौडाइ ४.२५ मिटर छ। २०७२ साल चैत २३ गते सम्झौता भएको सो पुल निर्धारित समयभन्दा ढिला गरी गोरखाको अधिकारी निर्माण सेवा सम्पन्न गरेको हो। 

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुलको उद्घाटन गरे। सो अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले विकास निर्माणका कामलाई गुणस्तरीय र समयमै सम्पन्न गराउन स्थानीय तहले पनि भूमिका खेल्नुपर्ने बताए।उनले भने,' प्रदेशका सबै खोलामा पक्‍की पुल निर्माण गरी प्रत्येक गाउँलाई सडक सञ्जालले जोडिने योजना सुनाए।'

 
भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये ६२ तहमा पक्‍की बाटो पुग्न बाँकी रहेको बताए। ती स्थानीय तहमा बाटो पुर्‍याउने प्रतिबद्धता जनाए। गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले निर्माण व्यावसायीलाई समयमै काम गरे सम्मान गर्ने र काममा ढिलासुस्ती भए कारबाही गरिने चेतावनी दिए।

उनले प्रदेशका ११ जिल्लामा पाँच वर्षभित्र दुई सयवटा पक्‍की पुल निर्माण गर्ने योजना रहेको बताए।गण्डकी प्रदेश सदस्य धनन्जय दवाडी र मधु अधिकारीले विकास निर्माणको कामलाई प्रथामिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। पुल निर्माणले राइनास नगरपालिकासँगै दूधपोखरी गाउँपालिकाका बासिन्दालाई समेत आवत-जावतमा सहज हुनेछ। पुल बनेसँगै स्थानीय हर्षित भएका छन्। 

नवनिर्मित मोटरेबल पुलबाट सिंगो दूधपोखरी गाउँपालिकाको बिचौर, इलामपोखरी, कोल्की र गौडा साथै राइनास नगरपालिका नगरपालिकाको मोहोरिया, प्यारजुङ, बगुवाका स्थानीय लान्भावित हुने राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए ।

पुल बनेसँगै स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै गाउँघरमा उत्पादित कृषिजन्य उपज बिक्री वितरणका लागि बजारसम्म पुर्‍याउन सहज हुने भन्दै स्थानीय गोविन्दराज न्यौपानेले खुसी व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.