नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सार्वजनिक सुनुवाई

नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सार्वजनिक सुनुवाई

काठमाडौं : नागरिकता ऐन संशोधन विधेयक २०७५ विरुद्ध सार्वजनिक सुनुवाई भएको छ। मंगलबार काठमाडौंको शान्तिवाटिकामा नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिले कार्यक्रम गरेको हो।

जन्मसिद्ध नेपाली नागरिकका सन्तानहरूलाई वंशजको नागरिकता दिने नाममा नेपालमा नजन्मिएका, स्थायी बसोबास नभएका सन्तानलाई र कीर्ते जन्मसिद्ध नागरिकका सन्तानलाई समेत वंशजको नागरिकता दिने प्रावधानले सोझै लाखौँ गैरनेपालीहरूले नेपालको वंशजको नागरिकता पाउने दावी समितिको छ।

समन्वय समितिमा नेकपा मसाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी नेपाल, पुष्पलाल अध्ययन समाज र राष्ट्रिय जागरण परिषद्‍ आबद्ध छन्।

समितिले संशोधन विधेयक विरुद्ध हस्ताक्षर संकलन अभियान पनि गरेको छ।

हेर्नुस् फोटोहरूः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.