बागबजारमा राष्ट्रिय पोशाकको शो रुम

बागबजारमा राष्ट्रिय पोशाकको शो रुम

काठमाडौं : राजधानीको बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोशाक सञ्चालनमा आएको छ। २०५१ देखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सटिङ/सुटिङ सञ्चालन गर्दै आएको समूहले नेपाली पोशाकको शो रुम सुरु गरेको हो।

शो रुममा सम्पूर्ण नेपाली पोशाकहरू पाइने सञ्चालक संगीता प्रधानले जानकारी दिइन्। शो रुममा एक हजार ७०० देखि सात हजार रुपैयाँसम्मका नेपाली पोशाक पाइने प्रधानको भनाइ छ।

यहाँ ढाका टोपी, कालो टोपी, राष्ट्रिय झण्डा, विवाहको दौरा सुरुवाल, वेस्ट तथा ज्वारी कोट, ढाकाको जुत्ता लगायतका आइटम पाइन्छ।

राष्ट्रिय पोशाकप्रति ग्राहकको रुची र बढ्दो मागका कारण शो रुम सञ्चालन गरिएको प्रधान बताउँछिन्।

बागबजार पद्मकन्या क्याम्पस अगाडि रहेको स्ट्यान्डर्ड राष्ट्रिय पोशाकमा बच्चाहरुको लागि पनि सम्पूर्ण कपडाका सेट पाइने जनाइएको छ। नयाँ वर्ष २०७६ को अवसरमा १५ चैतदेखि बैशाख महिनाभर १५ प्रतिशत छूट समेत दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.