हावाहुरीको पीडा : पालमुनी सुत्केरी
बारा : आइतबार साँझको हावाहुरीले बारा र पर्सामा ठूलो क्षति भयो। अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेकी छन्। अझै पीडितले राहत र उद्धारलाई पर्खिराखेका छन्। घाइते अस्पतालमा छन् भने बचेका मृतकका परिवार किरियाकर्ममा जुटेका छन्।
मंगलबार फेटा गाउँपालिका–१ मा पुग्दा यस्तै दृश्य देखिए। हावाहुरीपछि गाँस, बास र कपास सबै गुमाएका स्थानीय राहतको प्रतिक्षामा छन्।
सबैका आआफ्नै कथा र पीडा छन्। एक महिनाकी सुत्केरी आफ्नो पीडा सुनाइन्। सुत्केरी खान आएकै बेला उनले बुवा गुमाइन्। ६ दिदीबहिनी मध्ये उनी कान्छी हुन्। अहिले उनी त्रिपालभित्र आफ्नो बुबा गुमाएको पीडासँगै सानो बालकको मुख हेरेर बसेकी छन्।
हावाहुरीको बितन्डालाई सुमन ढुंगाना र जितेन्द्र साहले तस्बिरमा कैद गरेका छन्।