अन्तर–कोरियाली सैनिक सम्झौता सुदृढ बनाइने

अन्तर–कोरियाली सैनिक सम्झौता सुदृढ बनाइने

योनहाप । सोल : दक्षिण कोरिया र अमेरिकाका रक्षा प्रमुखहरूले गत वर्ष उत्तर कोरियासँग भएको अन्तर–कोरियाली सैनिक सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । दुबै पक्षबीच सीमामा तनाव कम गर्न र विश्वासको वातावरण निर्माण गर्न गत वर्ष अन्तरकोरियाली सैनिक सम्झौता भएको थियो । वासिङटनमा सम्पन्न वार्तामा दक्षिण कोरियाका रक्षामन्त्री जियोङ क्योङ–डु र कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानबीच उत्तर कोरियासँग हुनसक्ने सम्भावित युद्धको अवस्थामा त्यसको सञ्चालन नियन्त्रणसम्बन्धी अख्तियारी सोललाई प्रदान गर्नेसम्बन्धी अमेरिकी शर्तका बारेमा पनि छलफल भएको थियो ।

‘दुबै पक्षले बृहत् सैनिक सम्झौता (सीएमए) को कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा सैनिक तनाव न्यून गर्न र आत्मविश्वास निर्माण गर्न खेलेको भूमिकाको बारेमा मूल्यांकन गरिएको छ’, दुबै देशका रक्षा मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

गत सेप्टेम्बरमा उत्तर कोरियाका नेता किम जोङ–उनको मैत्रीपूर्ण निमन्त्रणामा दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनको उत्तर कोरियाको भ्रमणका क्रममा उक्त सीएमएमा दुबै देशका रक्षामन्त्रीले हस्ताक्षर गरेका थिए । दुबै पक्षबीच विश्वास निर्माण तथा हतियार नियन्त्रण उपायका बारेमा छलफल गर्ने सहमति भएको थियो ।

जियोङ र शानाहानबीच उत्तर कोरियासँगको शान्ति प्रक्रियालाई सहजीकरण गर्नेतर्फ दुबै देशका सेनाले मिलेर कार्य गर्ने सहमति पनि भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन अप्रिल ११ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटघाट गर्न वासिङटन प्रस्थान गर्ने कार्यक्रम छ ।

उत्तर कोरियामा रूसी गृहमन्त्री

रूसी गृहमन्त्रीको नेतृत्वमा वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया आइपुगेको छ । कोरियाली केन्द्रीय समाचार समिति (केसीएनए) ले रूसी गृहमन्त्री भ्लादिमिर कोलोकोल्सेभको नेतृत्वमा उक्त टोली सोमबार प्योङयाङ भ्रमणमा आएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिनाभित्र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रूसको भ्रमण गर्ने सम्भावना छ । उक्त भ्रमणको तयारीका लागि रूसी गृहमन्त्रीको भ्रमण भएको अडकलबाजी गरिएको छ । केही समयअघि मात्र कार्यवाहक सेनाप्रमुख किम चाङ–सोनले मस्को र भ्लादिभोस्तकको भ्रमण गरेका थिए ।

उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग शिखर बैठक गर्नुअघि चारपटक चीनको भ्रमण गरे पनि सत्ता सम्हालेयता रूस भ्रमण गरेका छैनन् । हाल, उत्तर कोरियाले रूससँगको सम्बन्ध सुदृढ बनाउन कूटनीतिक पहल तीव्र बनाएको छ । हनोई वार्तामा सोचेजति प्रगति नभएपछि उत्तर कोरियाले कूटनीतिक पहल तीव्र बनाउन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.