आईपीएलमा विराट कोहलीको टोली सबैभन्दा कमजोर

आईपीएलमा विराट कोहलीको टोली सबैभन्दा कमजोर

एजेन्सी : इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तरगत आफ्नो चौथो खेलमा पनि विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर पराजित भएको छ। मंगलबारको खेलमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भएको हो। 

जयपुर स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर पहिलो बलिङ रोजेको थियो। पहिले ब्याटिङमा उत्रिएको बैंग्लोरले २० ओभरमा १५८ रन बनाएको थियो। १५९ रनको सामान्य लक्ष्य पाएको राजस्थानले १९.५ ओभरमा ३ विकेट गुमाएर १६४ रन बनाउँदै जित हात पार्‍यो। 

यसअघिको खेलमा हैदराबादविरुद्ध पनि ब्याटिङ नचल्दा लज्जास्पद हार व्यहोरेको बैंग्लोरको ब्याटिङ यस खेलमा पनि राम्रो हुन सकेन, कप्तान बिराट कोहली यस सिजनको आईपीएलमा चल्न सकेका छैनन्। मंगलबार पनि उनी २५ बलमा २३ रन बनाएर पेभिलियन फर्किए। बैंग्लोरका लागि अर्का भरपर्दा ब्याट्म्यान एबी डेभिलियर्स पनि ९ बलमा १३ रन बनाएर आउट भए। 

वेस्इन्डिजका खेलाडी शिमरोन हेटमर ९ बल खेलेर जम्मा १ रन बनाई आउट भए। ओपनर पृथिव पटेल र पाकिस्तानविरुद्धको एकदिवसीय श्रृंखला सकेर भर्खरै आईपीएलमा आएका अस्टे्रलियन अलराउण्डर मार्कुस स्टोनिसले समालिएर ब्याटिङ गर्दै बैंग्लोरलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए। पटेल ४१ बलमा ६७ रन बनाएर आउट हुँदा स्टोनिस ३१ रन बनाएर अविजित रहे।

कुनै बेला बैंग्लोर क्रिस गेल, सेन वाटसन, केल राहुल, एबी डेभिलियर्स, विराट कोहली जस्ता आक्रामक ब्याट्सम्यानले भरिएको थियो विपक्षी टोलीका बलरहरुका लागि यी नाम डर लाग्दा थिए । पछिल्ला तीन सिजनमा बैंग्लोरको प्रदर्शन निकै खस्किएको छ । २०१६ मा फाइनलसम्म पुगेर उपाधिबाट चुकेको बैंग्लोर २०१७ र २०१८ मा समूह चरणबाटै बाहिरिएको थियो ।  यस सिजनमा पनि हालसम्मको खेलमा सबैभन्दा कमजोर टोली बन्न पुगेको छ । यस सिजनको आईपीएलमा बैंग्लोर मात्रै अंकबिहीन छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.