माछा मार्ने क्रममा विष्फोटक पदार्थ पड्किएर मृत्यु
स्याङ्जा : कालीगण्डकी गाउँपालिका-६ रिपस्थित आँधीखोलामा माछा मार्ने क्रममा घाइते एक व्यक्तिको उपचारका क्रममा २० वर्षीय पारस बरालको निधन भएको छ। उनको पाल्पास्थित युनाइटेट मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।५ जना साथी मिलेर माछा मार्न गएका मध्ये बराल विष्फोटक पदार्थ पड्किएर घाइते भएको प्रहरीले जनाएको छ।
विष्पोटक पदार्थ प्रयोग गरी माछा मार्न नपाइने कानुन हुँदाहुँदै पनि त्यस्ता कार्य गरेको पाइएको भन्दै अन्य ४ जनालाई कानुनी कारबाही गरिने प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।