प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्षको एक महिनाको तलब हावाहुरी पीडितलाई

प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्षको एक महिनाको तलब हावाहुरी पीडितलाई

मलंगवा : बाराको फेटा गाउँपालिकाका हावाहुरी पीडितलाई सर्लाही निर्वाचन क्षेत्र नं. २ को 'ख' का प्रदेशसभा सदस्य अशोक कुमार यादव र चक्रघट्टा गाउँपालिका अध्यक्ष विक्रम यादवले आफ्नो एक महिना बराबरको तलब रकम दिने घोषणा गरेका छन्। 

सम्पूर्ण पीडित परिवारको दुःखमा आफ्नो रकमले थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिनाको तलब दिने घोषणा गरेको प्रदेशसभा सदस्य अशोक र अध्यक्ष विक्रमले बताए।

अशोकले आफ्नो एक महिनाको तलब ५४ हजार ६ सय ४२ र अध्यक्ष विक्रमले ३० हजार ५ सय दिने जनाएका छन्। मुख्यमन्त्री राहत कोषमार्फत् रकम पीडित परिवारसम्म पुर्‍याउने अशोकले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.