वियोगको यो कस्तो संयोग ? मृत शिशु र सालनाल भेटिएपछि युवतीद्वारा आत्महत्या

वियोगको यो कस्तो संयोग ? मृत शिशु र सालनाल भेटिएपछि युवतीद्वारा आत्महत्या

स्याङ्जा : भीरकोट नगरपालिका ७ मा नवजात शिशु मृत भेटिएका छन् भने सोही गाउँकी एक युवतीले आत्महत्या गरेकी छन्।

नवजात शिशुको शव साँझको समयमा गम्बरबहादुर अघिकारीको बारीमा भेटिएको थियो। भोलिपल्ट दिउसो १ बजे बेगबहादुर अघिकारीको मलखादमा सालनाल भेटियो।

बेगबहादुरकी २२ वर्षीया छोरीलाई स्थानीयवासीले त्यही दिन साँझ ६ बजे पासो लगाएर झुन्डिएको अवस्थामा देखेपछि पासो काटेर अस्पताल कुदाए।

तर चिकित्सकले ती युवतीलाई बचाउन सकेनन्। वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउनासाथ चिकित्सकले ती युवतीलाई जीवित नरहेको घोषणा गरे।

नवजात शिशुको शव र युवतीको आत्महत्या। यी दुई दुखद् घटना संयोगमात्र हो वा अन्तरसम्बन्धित ? प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस्तो छ घटना  

चैत १७ गते भीरकोट नगरपालिका ७ खिलुङ्स्थित गम्बरबहादुर अघिकारीको बारीमा महिना पुगी जन्मेको नवजात शिशुको शव भेटियो। वडाध्यक्ष शेषकान्त अर्यालमार्फत स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे।

भोलिपल्ट घटनास्थल पुगेको प्रहरीले दिउँसो १ बजे बेगबहादुर अघिकारीको मलखाद नजिक गाडेको अवस्थामा सालनाल पनि भेटायो। शिशुको मृत शरीर र सालनालको दुरी झण्डै ६० मिटर छ।

सोही दिन साँझ ६ बजे बेगबहादुरकी २२ वर्षीया अविवाहित छोरी स्नेहाले आफ्नै घरको काठ बलोमा सलको पासो घाटीमा लगाई झुण्डिएको र छटपटाइरहेको अवस्थामा देखेपछि स्थानीयवासीले पासो काटी स्वास्थ्य केन्द्र लगे। र, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले स्नेहालाई जीवित नरहेको घोषणा गरे।

अर्को ट्‍विस्ट

दुई घटनाको सम्बन्धबारे अनुसन्धान गरिरहेको प्रहरी त्यतिबेला झन् अचम्मित भयो जब आत्महत्या गरेकी आफ्नी छोरी र मृत भेटिएका शिशुको शव माग गर्दै थप अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिए।

शिशु आफ्नी छोरी स्नेहाले नै जन्माएको हुनसक्ने भन्दै बाबु बेगबहादुरले छोरी र शिशुको जिम्मामाग गर्दै प्रहरीमा थप अनुसन्धानका लागि जाहेरी दिएको प्रहरीले जनाएको छ।

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरी डीएनए परीक्षणको लागि नमूना संकलन गरेर दुबै शव अन्तिम संस्कारको लागि जोहेरीवाला बेगबहादुर अधिकारीको जिम्मा दिइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्न लागेको थाहा पाएपछि स्नेहाले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरी नायब उपरीक्षक भण्डारीको भनाई छ।

वडाध्यक्ष शेषकान्त अर्यालका अनुसार स्‍नातक तहमा अध्ययरत स्नेहा गाउँमै सहकारी संस्थामा काम गर्थिन्। किसान परिवारमा जन्मेकी उनी आमा, बुवा र भाइसँग बस्थिन्।

नगरप्रमुख छायाराम खनालसहितको टोलीसँगै धोवादी जाँदै गर्दा कुकुरले बच्चा ल्याएको सूचना आएपछि वडाध्यक्ष अर्यालले नै प्रहरीलाई खबर गरेका थिए।

‘घटनालगत्तै गाउँका १७ वर्ष माथिका र ४० वर्ष ननाघेका युवतीलाई भेट्ने सूचना प्रसार गरियो’, अध्यक्ष अर्याल भन्छन्, ‘कुकुरमार्फत् नै सालनाल पत्ता लगाउन सहज बन्यो। जब सालनाल देखियो, केही घण्टामा स्नेहा कोठामा झुन्डिएको अवस्थामा भेटिइन्।’

स्याङ्जा सदरमुकामबाट झण्डै १८ किलोमिटरको यात्रापछि भीरकोट पुग्न सकिन्छ भने भीरकोटबाट झण्डै १० किलोमिटरको यात्रापछि घटनास्थल भीरकोट नगरपालिका ७ खिलुङ पुग्न सकिन्छ।

प्रहरीले पोस्टमार्टम तथा डीएनए परीक्षणको रिपोर्ट आएपछि घटनाबारे विस्तृत जानकारी दिने जनाएको छ।

मृत स्नेहा र शिशुको स्नेहाका बावु बेगबहादुरले मंगलबार नै अन्तिम संस्कार गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.