विप्लव समूहका जिल्ला सचिवालय सदस्यद्वारा राजीनामा
सन्धिखर्क : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजिनामा दिएका छन्।
अर्घाखाँचीको शितगंगा नगरपालिका वाड नम्बर-१ सुवर्णखाल निवासी परियारले सन्धिखर्कमा एक प्रेस विज्ञप्ती जारी गरी विप्लव माओवादीबाट राजिनामा दिएको घोषणा गरेका हुन्।
विप्लप माओवादीबाट राजिनामा दिएको र अन्य कुनै पाटीमा नलागी स्वतन्त्र रुपमा रहने विज्ञप्तीमा उल्लेख गरेका छन्। उनलाई प्रदेश र संघीय निर्वाचन २०७४ मा प्रहरीले पक्राउ समेत गरेको थियो।