विद्यालय भवनमा प्रहरी पोस्ट्

विद्यालय भवनमा प्रहरी पोस्ट्

रुकुमपूर्व : जिल्लाको भुमे–६, महतस्थित जनजागृती माविको छात्रबासमा अस्थाई प्रहरी पोस्ट् राखिएको छ। अस्थाई प्रहरी पोस्ट् तत्कालका लागि अस्थाई व्यवस्थापन भनेर २०७२ साल चैत ५ गते विद्यालय भवनमा राखिएको थियो। चौकी स्थापना भएको तिन बर्ष बितिसक्दा पनि प्रहरी चौकी छात्रबास भवनबाट सरेको छैन। विद्यालय भवनमा प्रहरी चौकी रहेकाले भवन अभाव भएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बुढाले तत्कालका लागि प्रहरीले विद्यालय भवन प्रयोग गरे पनि अझसम्म नछाडेको र आफुहरुलाई भवन अभाव भएको बताए। ‘अस्थाई प्रहरी पोस्ट्का लागि तत्काल व्यवस्था गर्न प्रहरी चौकी राख्ने अनुमति दिएका थियौं तर तिन बर्ष बितिसक्दा समेत प्रहरीले भवन खाली गरेको छैन’, प्रधानाध्यापक बुढाले भने, ‘भवन खाली गरिदिएपछि विद्यालयले प्रयोग गर्न पाउँथ्यो।’

महत र आसपासको क्षेत्रमा शान्ती सुरक्षा कायम गर्न यहाँ अस्थाई प्रहरी पोस्ट् स्थापना गरिएको हो। अस्थाई प्रहरी पोस्ट्का ईन्चार्ज प्रहरी सहायक निरिक्षक खिमबहादुर राणाले अर्को ठाउँ पाए विद्यालय भवन छाडिदिने बताए। वडाध्यक्ष देवबहादुर वुढाले उपयुक्त ठाउँ नभेटिएकाले तत्काललाई प्रहरी चौकी त्यहि रहने स्पस्ट पारे। ‘यो चौकीलाई स्थाई बनाएर आफ्नै जग्गा खाजी गरी भवन बनाउने प्रक्रिया सुरु गरेका छौं’, वडाध्यक्ष बुढाले भने, ‘तर तत्काल यो समस्या समाधान हुने सम्भावना नभएकाले विद्यालयको भवनमै चौकी राख्नुपर्ने बाध्यता छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.