'जबरजस्ती हामीलाई विप्लव नबनाऊ'

'जबरजस्ती हामीलाई विप्लव नबनाऊ'

कालिकोट : कालिकोट जिल्लाको रास्कोट नगरपालिका-७ निवासी कालीबहादुर महत्तरा र पचालझरना गाउँपालिका-१ निवासी रुपेन्द्र ऐडीले आफूहरुलाई जबरजस्त विप्लव नबनाउन आग्रह गरेका छन्।

बिहीबार जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलनकै आयोजना गरी प्रहरी प्रशासनबाट आफूहरुलाई विप्लव समर्थक भन्ने आरोपमा अप्रत्यक्ष रुपमा त्रसित पार्ने कार्य भएको भन्दै आफूहरुलाई जबरजस्त विप्लव नबनाउन आग्रह गरेका हुन्। 

हिम्चुली कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका महत्तरा मान्म बजारस्थित जिल्ला प्रहरी कार्यालय नजिकै पुस्तक पसल गर्दै आएका थिए। सरकारले केही समय अघिदेखि विप्लव नेतृत्वको नेकपालाई अपराधिक समूह घोषणा गरी प्रतिबन्द लगाएपछि प्रहरीले विप्लव समूहका नेता तथा कार्यकर्तालाई खोजिखोजि पक्राउ गर्ने अभियान नै थालेको छ।

केही दिनअघि छोरीको उपचारका लागि काठमाडौं महत्तरा पुन: जिल्ला फर्किएपछि प्रहरी प्रशासनबाट आफूलाई विप्लव समूह भनेर त्रसित बनाउने कार्य भएको बताउँदै एक प्रेस विज्ञाप्ती नै सार्वजनिक गरी आफू विप्लव समूहमा आवद्ध नरहेको दाबी गरेका छन्।

हिम्चुली कृषि सहकारी संस्थाका अध्यक्ष महत्तरा र कुमालगाउँ शाखा प्रबन्धक रुपेन्द्र ऐडीले सयुक्त रुपमा विज्ञाप्ती निकालेर पत्रकार सम्मेलन गरी आफूहरु विप्लव समूहमा आवद्ध नरहेको स्पास्ट पारे।
 
तत्कालिन नेकपा माओवादी केन्द्रको पार्टी फुट्दा कालीबहादुर महत्तरा वैद्य समूहमा लागेका थिए भने रुपेन्द्र ऐडी केही महिना अघिसम्म मात्र विप्लव नेतृत्वको नेकपा निकट त्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिवको जिम्मेबारीमा थिए। 

पत्रकार रुपेन्द्र ऐडी राष्टिय समाचार समितिमा पनि कार्यरत छन्। पत्रकार सममेलनमा महत्तराले भने, 'छोरी बिरामी भएर फागुन महिनाको १५ गते टिचिङ अस्पतालको ९ सय १७ नम्बरको बेडमा भर्ना भएकी छन्। म छोरीको उपचारमा काठमाडौं जाँदा प्रहरीले मलाई विप्लवका कार्यक्रममा गएको भन्ने सोचेको रहेछ। दुई दिनअघि मान्म आउँदा प्रहरी प्रशासनको व्यवहारले मलाई ससंकित बनायो।'

प्रहरीले तपाई कहाँ के कामका लागि जानुभयो भनेर सोधपुछ गर्दा परिवार त्रसित भएका छन्। उनले भने, 'जिल्ला स्वास्थ्य समितिकै सिफारिसमा काठमाडौं छोरीको उपचारमा काठमाडौं गएको हुँ। हामी विगत लामो समयदेखि हिम्चुली सहकारीमा कार्यरत छौँ।हामी कुनै पनि राजनीतिक पार्टीका गतिविधिमा सहभागी भएका छैनौं।हामी स्वतन्त्र भएर बाँच्न चाहान्छौँ। उनीहरुले मानवले स्वतन्त्र भएर बाँच्न पाउने मौलिक हक अधिकारका लागि प्रेस जगत, मानवअधिकारलगायतका निकायसँग विश्वासको वातावरण बनाइदिन अनुरोध समेत गरेका छन्।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.