दिल्ली र हैदरावादको खेल सुरु : सन्दीपको प्रदर्शन कस्तो होला ?

दिल्ली र हैदरावादको खेल सुरु : सन्दीपको प्रदर्शन कस्तो होला ?

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा बिहीबार दिल्ली क्यापिटल र सनराइजर्स  हैदरावादबीचको खेल सुरु भएको छ।  हैदरावादले ट जितेर फिल्ड रोजेको छ।  

दिल्लीका लागि पछिल्ला दुई खेलमा सहभागी भएका नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।  दुई खेलको मूल्यांकनसँगै बिहीबारको खेलमासमेत सन्दीप प्लेइङ ११ मा परेका हुन्।  

सन्दीप सहभागी भएपछिका दुई म्याचमा दिल्लीले एक जित र एक हार ब्यहोरेको छ।  पछिल्लो खेलमा दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो। पछिल्लो खेलमा सन्दीपले पनि ब्याटिङको मौका पाएका थिए।  आईपीएलमा पहिलो पटक ब्याटिङको मौका पाएका सन्दीप पहिलो बलमा नै साम कुरनबाट बोल्ड आउट भएका थिए ।


आईपीएल यस सिजनको दोस्रो खेलमा  खेल्ने मौका पाएका सन्दीपले बलिङमा भने निकै राम्रो प्रदर्शन गरे।  ४ ओभरमा २ विकेट लिएर २७ रन दिएका सन्दीप पछिल्लो खेलमा दिल्लीका लागि सबैभन्दा किफयती बलर बने। अघिल्लो खेलमा सन्दीपले चार ओभरमा २९ बल दिँदै एक विकेट लिएका थिए।  


४ खेलमा २ जित र  २ हार व्यहोरेका दिल्ली अंक तालिकाको ५ औं स्थानमा छ।  

आजको खेललाई दुई बलर सन्दीप र रसिद खानबीचको प्रतिस्पर्धाका रुपमा समेत हेरिएको छ।  रासिद खना विश्वकै नम्बर एक बलर हुन्।  अफगानिस्तानका बलर रासिद  टी–२० र एकदिवसीय वरियतामा एक नम्बरमा छन्।  यो खेललाई सन्दीपका लागि अवसरका रुपमासमेत लिइएको छ।  

आईपीएलको गत सिजनमा उत्कृष्ट प्रदर्शन गरेका रासिदले यो संस्करणमा भने तीन खेल खेल्दा दुइृ विकेटमात्र लिएका छन्।  

खेल दिल्लीको घरेलू मैदान फिरोज शाह कोटलामा हुँदैछ।  यो मैदान स्पिनरका लागि राम्रो मानिन्छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.