भुटानका पूर्व प्रधानमन्त्री तोब्गे नेपाल भ्रमणमा
![भुटानका पूर्व प्रधानमन्त्री तोब्गे नेपाल भ्रमणमा](https://annapurnapost.prixacdn.net/media/albums/togbe-bhutan_20190404143628_FxgS8Q87dB.jpg)
काठमाडौं : भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोब्गे नेपाल भ्रमणमा आएका छन्। तोब्गे व्यक्तिगत भ्रमणका लागि नेपाल आएका हुन्।
उनले बिहीबार पर्यावरण र हिमालबारे अध्ययन अनुसन्धान गर्ने संस्था इसीमोडको भ्रमण गरेका छन्। उनले माइक्रोब्लगिङ ट्विटरमा ‘हिन्दु कुश-हिमालय क्षेत्र र यहाँ भइरहेको हिमाल पग्लने समस्याबारे सिक्न इसीमोड भ्रमण गरेको’ उल्लेख गरेका छन्।
वातावरणविद् समेत रहेका तोब्गे सन् २०१३ देखि २०१८ सम्म त्यहाँका प्रधानमन्त्री थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)