भगवान् पुकार्दै पीडित !

भगवान् पुकार्दै पीडित !

भरवलिया : ‘भतिजाके एकबार देखम (भतिजोलाई एक पटक म हेर्न चाहन्छु)’, ७० वर्षीय मदनी देवी भोजपुरी भाषामा विलौना गर्दै रोइरहेकी थिइन् । पाँच दिनअघि आएको भीषण हावाहुरीले बाराको फेटा गाउँपालिका-१ भरवलियाका देवनाथ पटेल गम्भीर घाइते छन्।  पटेल मदनीका भतिजा हुन् ।

घाइते देवनाथको उपचार भइरहेको छ।  उनलाई रगत अभाव छ।  भतिजो बचाउन रगत खोज्दै प्रचण्ड घाममा त्रिपालमुनि बिलौना गर्दैै थिइन् मदनी ।

‘हमर भतिजा नैखे बँचि (मेरो भतिजो बाँच्दैन)’ भावविह्वल हुँदै उनले भनिन्।  उनका भतिजो देवनाथ हावाहुरीले उडाएको जस्तापाताले लागेर गम्भीर घाइते भएका हुन्।  अस्पतालको शड्ढयामा जीवन–मरणको दोसाँधमा छन् उनी ।

‘हे भगवान् हमर बाबुके बचादिइ (हे भगवान् मेरो बाबुलाई बचाइदेऊ)’, मदनीसँगै उनका सबै परिवारले एकस्वरमा रुँदै विलौना गरिरहेका थिए ।

सानो घरमा एक गाँस खाएर रात काट्थिन् उनी।  त्यो घर पनि हावाहुरीले उडाइदियो।  बनिबुतो गरेर भकारीमा भरेको अन्न माटोमा मिलाइदियो ।

हावाहुरी आएको पाँच दिन बितिसक्दा पनि भरवलिया गाउँमा राहत पुग्न सकेको छैन।  छिटफुट रूपमा चाउचाउ, च्युरा, बिस्कुट, पानी पुगेको छ।  पीडित परिवार खुला आकाशमै रात काटिरहेका छन्।  सरकार तर्फबाट विस्थापित घरपरिवारका लागि अस्थायी बासको व्यवस्था गर्न ढिलाइ छ।  भत्किएको घर हेर्नेको गाउँमा घुइँचो छ।  भीड भत्किएको घरसँगै सेल्फी खिच्छन्।  तर, लडेका घर सशस्त्र प्रहरी र नेपाल प्रहरीबाहेक कमैले उठाइरहेका छन् ।

बिहान सबेरैदेखि लाग्ने घामले पोलेर पीडित हैरान छन्।  करिब सय घर हावाहुरीले तहसनहस गरेको छ।  अन्नपात घर लडेर पुरिएको छ।  शौचालय भत्किएपछि मानिस खुला ठाउँमा दिसापिसाब गर्न बाध्य रहेको स्थानीय लालबहादुर पटेलले बताए ।

गाउँमा दिनभर भीभीआईपीको आउजाउ हुन्छ।  कडा घाममा पीडित त्रिपालमुनि असिनपसिन हुन्छन्।  त्यहीँमाथि गाडीले बुङबुङ उडाएको धुलोले हैरान छन् ।

गाउँमा विद्युत् आपूर्ति ठप्प छ।  पोलहरू ढलेका छन्।  उनीहरू सञ्चार सुविधाबाट वञ्चित छन्।  ‘पाँच दिनदेखि विद्युत् नहुँदा मोबाइल पनि चार्ज गर्न सकिएको छैन’, सुरज्योति देवीले भनिन्, ‘गाउँमा तुरुन्त लाइनको व्यवस्था होस् ।’

‘गर्मी बढेसँगै सर्प, बिच्छीको बिगबिगी छ’, त्यसमाथि अँध्यारोमा खुला ठाउँमा रात काट्नुपरेको उनले पीडा पोखिन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.