हैदरावादलाई दिल्लीले दियो १३० रनको चुनौती

हैदरावादलाई दिल्लीले दियो १३० रनको चुनौती

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारको खेलमा नेपाली बलर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटलले सनराइजर्स हैदरवादलाई १३० रनको चुनौती दिएको छ।  

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भएको खेलमा हैदरावदले टस जितेर फिल्ड रोजेको थियो।  पहिलो ब्याटिङको निम्तो पाएको दिल्लीले पूरै २० ओभर खेल्दै १२९ रन बनाएको हो।  

दिल्लीका लागि श्रीयस ऐरले ४१ बलमा सर्वाधिक ४३ रन बनाए।  दिल्लीका ओपनर पृथ्वी शा ११ बलमा ११ रन बनाएर आउट भएपछि दिल्लीको ब्याटिङ  खच्किएको थियो।  

नट आउट अक्षर पटेलले १३ बलमा २ छक्का र १ चौकाको मद्दतमा २३ रन बनाए।  दिल्लीका अन्य ब्याट्सम्यान टिक्न नसक्दा दिल्ली ८ विकेटको क्षतिमाा १२९ रनमा समेटिएको हो।  

हैदरावादका लागि भावानीश्वर कुमार र मोहमद दाबी र सिद्धार्थ कउलले दुई दुई विकेट लिए भने राशिद खान र सन्दीप शर्माले एकएक विकेट लिए।  
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.