बारमा वाम वर्चश्व : अध्यक्षमा श्रेष्ठ, महासचिवमा पौडेल

बारमा वाम वर्चश्व : अध्यक्षमा श्रेष्ठ, महासचिवमा पौडेल

काठमाडौं : नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशिल समूहका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन्। लोकतन्त्रवादी समूहका सुनीलकुमार पोखरेललाई १४९ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन्। महासचिवमा लोकतन्त्रवादी समूहका लिलामणि पौडेल विजयी भएका छन्।

अध्यक्षसहित २५ सदस्यीय बार कार्यसमितिमा २२ पदसहित प्रगतिशिल समूहले वर्चस्व कायम गरेको छ। महासचिव, एक उपाध्यक्ष र एक जनजाती पदमा लोकतन्त्रवादी समूहले जितेको छ। निर्वाचन समितिका संयोजक दामोदर खड्काले बिहीबार साँझ बार निर्वाचनका परिणाम घोषणा गरेका हुन्।

अध्यक्षमा विजयी श्रेष्ठले चार हजार २२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी पोखरेलले तीन हजार आठ सय ७३ मत पाए। महासचिवमा पौडेलले चार हजार एक सय ७८ मतसहित विजयी भए। पौडेलका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र थापाले तीन हजार सात सय एक मत ल्याएका छन्। निर्वाचनमा महासचिवका प्रतिस्पर्धी पौडेलले बढी मतअन्तर (४७७) ले विजयी भएका छन्।

यसैगरी प्रदेश १ उपाध्यक्षमा मानबहादुर रुम्दाली (३९४७), प्रदेश २ उपाध्यक्षमा रामचन्द्र सिंह (३९३८), प्रदेश ३ उपाध्यक्षमा ईश्वरीप्रसाद भट्टराई (४१६८), गण्डकी प्रदेश उपाध्यक्षमा सुरेन्द्र थापामगर (४२९४), प्रदेश ५ उपाध्यक्षमा लोकतन्त्रवादीतर्फ सुनीलकुमार श्रेष्ठ (३९८६), कर्णाली प्रदेश उपाध्यक्षमा मीनबहादुर महत (४०५९), सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उमेशप्रसाद विष्ट (४०२७), महिला खुलामा रक्षा बस्याल (३९४७) र कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल (४०४६) विजयी भएका छन्।

यस्तै दलित सदस्यमा मोहन साशंकर (४०८९), उपत्यका बाहिर मधेसी मुस्लिम सदस्यमा पञ्चनारायण मण्डल (४१०८), मधेसी मुस्लिम खुला सदस्यमा लोकतन्त्रवादी समूहका मनोजकुमार चौधरी (३९३०), उपत्यका बाहिर आदिवासी जनजाती सदस्यमा विनाकुमारी सिंह चौधरी (४१०५), आदिवासी जनजाती खुला सदस्यमा बद्रीनारायण नगरकोटी (३९९८), उपत्यका बाहिर सदस्य महिलामा कल्पनाकुमारी भण्डारी (४१४५), महिला खुला सदस्यमा अन्जु कायस्थ (४०१४) र उपत्यका बाहिर खुला सदस्यमा डा.शिवराज पण्डित (४१६४) विजयी भए। यस्तै ६ जना खुला सदस्यमा पनि प्रगतिशिल समूहकै गंगासागर खत्री (४०२२), भीमसेन वञ्जारा (३९८२), भुवनप्रसाद निरौला (३९७६), प्रकाश महर्जन (३७४२), बालकृष्ण गैरे (३४८९) र खिमानन्द अधिकारी (३४२४) विजय भएका छन्।

बार निर्वाचनमा सबैभन्दा कम मतअन्तरमा लोकतन्त्रवादी समूहका सदस्य उम्मेदवार चौधरी विजयी भएका छन्। उनले ६ मतले मत्र जितेका छन्। निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठले न्यायापालिका सुधारमा आफूले सशक्त भूमिका खेल्ने बताए। ‘मेरो उम्मेदवारी नै न्यायापालिकाको विकृति, विसंगति र वेथितिविरुद्ध हो। यी सबै विषयमा म सम्पूर्ण कानुन व्यवसायीको मतलाई कदर गर्दै सल्लाह र सुझाव लिएर अघि बढ्नेछु’, श्रेष्ठले अन्नपूर्णसँग भने।

अध्यक्षका प्रत्यासी पोखरेलले निर्वाचन एउटा प्रक्रिया रहेको बताउँदै न्यायापालिकाको श्रीवृद्धिका लागि श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई बधाई दिएका छन्। ‘हाम्रा सहयोगी हातहरू सदा यहाँहरूको साथ रहनेछ’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बार निर्वाचनमा योजनावद्ध ढंगले अन्तर्घात भएको प्रारम्भिक आँकलन लोकतन्त्रवादी समूहले गरेको छ। प्रगतिशिल समूहले पनि महासचिवमा पाटन बारमा सुनियोजित अन्तर्घात भएको आशंका गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.