हावाहुरीबाट प्रभावित परिवारलाई १० हजार दिने तरुण दलको घोषणा

हावाहुरीबाट प्रभावित परिवारलाई १० हजार दिने तरुण दलको घोषणा

काठमाडौं : नेपाल तरुण दलले हावाहुरीबाट प्रभावित प्रत्येक परिवारलाई दश हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । हावाहुरी प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि तरुण दल अध्यक्ष जीतजंग बस्नेतले राहतको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस पार्टी कार्यालय बारामा बिहीबार आयोजित कार्यक्रममा उनले तरुण दल केन्द्रीय समितिकातर्फबाट प्रभावित प्रत्येक परिवारलाई दश हजार नगद र नि:शुल्क उपचारका लागि पहल गर्ने घोषणा गरे । ‘यतिबेला देश नै एक भएर पीडित परिवारको घाउमा मल्हम लगाउन आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ’, तरुण दल अध्यक्ष बस्नेतले भने, घाइतेहरुको उपचारका लागि तरुण दलले सहयोग गर्छ ।’ 

उनले बारा र पर्साका तरुण दलका नेता कार्यकर्तालाई प्रभावित क्षेत्रमा राहत वितरण र अस्थायी टहरा निर्माणमा सहयोग गर्न पनि निर्देशन दिए । तरुण दलका नेता- कार्यकर्ता राहतसहित प्रभावित क्षेत्रमा पुगेका थिए । तरुण दलले प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा वितरण गरेको थियो । 

यसअघि नेकपा अध्यक्ष प्रचण्डले हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.