फास्ट ट्र्याकको डीपीआर तयार

फास्ट ट्र्याकको डीपीआर तयार

काठमाडौं : निर्माणाधीन काठमाडौं–निजगढ (फास्ट ट्र्याक) मा गुड्ने सवारीसाधनको सडक दस्तुरसहित कोरियाली कम्पनी सुसुङले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको छ।

फास्ट ट्र्याकमा चल्ने सवारीसाधनलाई साना, मध्यम र ठूला तीन वर्गमा विभाजित गरी दस्तुर तोकिएको छ। दैनिक १२ हजार ५ सय १८ गाडी ओहोरदोहार गर्ने अनुमानसहित डीपीआरमा सडक दस्तुर तोकिएको उच्च स्रोतले बतायो। डीपीआर मन्त्रिपरिषद्मा पेस भएको छ।

काठमाडौंदेखि निजगढसम्म साना गाडीको ९ सय, मध्यमको १ हजार ९ सय र ठूला (हेभी) को २ हजार ६ सय दस्तुर निर्धारण गरिएको छ। कार, जिप र माइक्रोबसलाई साना, बसलाई मध्यम र ट्रकलगायत ठूला साधनलाई हेभी सवारीका रूपमा व्याख्या गरिएको छ। मोटरसाइकलबारे भने डीपीआरमा केही उल्लेख छैन।

काठमाडौं, नारायणगढ, हेटौंडा हुँदै निजगढसम्म पुग्न अहिले लाग्ने इन्धन खर्च र समय बचतका हिसाबले सडक दस्तुर सस्तो भएको डीपीआरमा उल्लेख छ। ७२ देखि ७६ किमिसम्मको लम्बाइको अनुमान गरिएको उक्त सडकमा काठमाडौं–हेटौंडा र हेटौंडा निजगढसम्मका लागि गुड्ने सवारीसाधनको पनि दस्तुर निर्धारण गरिएको छ। काठमाडौंबाट हेटौंडासम्म साना गाडीको ६ सय, मध्यमको १ हजार ३ सय र ठूला गाडीको १ हजार ८ सय निर्धारण गरिएको छ। हेटौंडादेखि निजगढसम्म चल्ने साना गाडीको तीन सय, मध्यमको ६ सय र ठूलाको ८ सय दस्तुर निर्धारण गरिएको स्रोतले बतायो।

फास्ट ट्र्याकमा तीनवटा इन्टर सेक्सन (प्रवेश विन्दु) प्रस्ताव गरिएका छन्। काठमाडौंको खोकना, बाराको निजगढ र मकवानपुरको बुधुनेबाट मात्र फास्ट ट्र्याकमा सवारी प्रवेश गर्न पाइनेछ। काठमाडौं–निजगढ यात्रा अवधि १ घन्टा २ मिनेट ३३ सेकेन्डको हुनेछ।

चार वर्ष ६ महिना निर्माण अवधि तोकिएको फास्ट ट्र्याकको लागत भने यसअघि अनुमान गरिएभन्दा झन्डै दोब्बर हुने भएको छ। सुसुङले दुई खर्ब १३ अर्ब ९५ करोड ३२ लाख २० हजार ५ सय २७ रुपैया ७४ पैसा लाग्ने अनुमान गरेको छ। एसियाली विकास बैंक (एडीबी) ले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा भने झन्डै एक खर्ब लागत अनुमान गरिएको थियो।

फाट ट्र्याकका लागि महादेवटार, धाद्रे र लेनडाँडामा तीन वटा सुरुङ बनाउने प्रस्ताव छ। ठूला, साना र मध्यम गरी ७१ वटा पुलको प्रस्ताव छ। पुलको लम्बाइ १० किलोमिटर भन्दा बढी हुने, एक सय ३४ बक्स र एक सय सातवटा पाइप कल्भर्ट निर्माण गर्नुपर्नेछ। अन्य सडक जोडिने स्थलमा फास्ट ट्र्याकलाई कि त माथिबाट कि त जमिनमुनिबाट लैजानुपर्ने डीपीआरमा प्रस्ताव रहेको स्रोतले बतायो। ११ मिटर फराकिलो हुने उक्त सडकको दायाँ दुई र बायाँ एक मिटर भाग लेनका रूपमा विकास गर्नुपर्ने प्रस्ताव छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.