सिसडोलमा फोहोर फाल्न सुरु, मृतकका परिवारलाई २२ लाख क्षतिपूर्ति

सिसडोलमा फोहोर फाल्न सुरु, मृतकका परिवारलाई २२ लाख क्षतिपूर्ति

नुवाकोट : काठमाडौं उपत्यकाको फोहोर लिएर सिसडोल आएको मिनी ट्रकको ठक्करबाट किशोरको मृत्युभएपछि रोकिएको फोहोर फाल्ने क्रम बिहीबार सहमतिपछि फेरि सुरु भएको छ।

सिसडोलमा गत मंगलवार अपराह्न फोहोर फाल्ने क्रममा बा ४ ख ९६४७ नम्बरको मिनी ट्रकले ओखरपौवाका १३ वर्षीय किशोर संजोक नेपाली किचेको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते संजोकलाई उपचारका लागि काठमाडौं लैजादै बाटोमा ज्यान गएको थियो। अर्का बालक १२ वर्षीय राजन नेपाली गम्भीर घाइते छन्। राजनको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।

घटनाको विरोधमा सिसडोलमा फोहोर विसर्जन ठप्प पारेका स्थानीय तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि बिहीबारदेखि पुनः फोहोर विसर्जन सुरु भएको हो। काठमाडांै महानगरपालिका, ललितपुर महानगर तथा गाडीधनीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति गरेपछि फोहोर विसर्जन सुरु भएको हो।

सिसडोलमा बिहीबार मृतकका परिवार, काठमाडौं तथा ललितपुर महानगरका प्रतिनिधि, प्रहरी तथा जनप्रतिनिधिको बहुपक्षिय भेलाले क्षतिपूर्तिमा सहमति गरेको हो। काठमाडौं महानगर, फोहोर फाल्ने निजी संस्था तथा ललितपुर महानगरपालिकामार्फत १५ लाख र गाडीधनीले किरियाखर्च तथा घाइतेको उपचार खर्चका लागि सात लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएपछि फोहोर विसर्जन सुरु भएको वडाध्यक्ष चन्द्रबहादुर वलामीले जानकारी दिए।

सहमति अनुसार ३५ दिनभित्र सबै रकम मृतकका परिवारलाई प्रदान गर्ने तथा मृतकका भाई तथा घाइते बालकलाई १२ कक्षासम्म पठनपाठनको प्रबन्ध गरिने भएको छ। दैनिक काठमाडौं उपत्यकाको सातसय टन फोहोर नुवाकोट ककनी गाउँपालिका–२ स्थित सिसडोलमा विसर्जन गरिँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.