पायक पर्ने स्थानमा नहरको शाखा राख्न माग

पायक पर्ने स्थानमा नहरको शाखा राख्न माग

गुलरिया : बबई सिँचाई आयोजनाद्वारा निर्माणाधिन बर्दियाको पश्चिमी नहर निर्माण कार्यमा मनोमानी गरेको भन्दै मधुवन नगरपालिका-६ का जल उपभोक्ता किसानले उचित स्थानमा नहरको शाखा राख्न माग गरेका छन्।

आयोजनाले नहर निर्माण गर्दा मौजा अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिसँग कुनैपनि छलफल र समन्वय नगरी किसानलाई अपायक पर्ने किसिमले नहर निर्माण गरेको भन्दै वडास्थित ४ मौजाका उपभोक्ताले पायक पर्ने स्थानमा शाखा राख्न माग गरेका हुन्।

आयोजनाले मूलनहर निर्माण कार्यान्वयन समितिसँग मिलेर उपभोक्तालाई पीडित बनाएको उनीहरुको आरोप छ। पीडित उपभोक्ताले संघर्ष समिति बनाएर निर्माणाधिन नहर निर्माणको काम रोक्का गर्नुपर्ने माग गर्दै आएका छन्।

पुरानो नहरलाई बेवास्ता गरी नीजि स्वार्थपूर्तिका लागि नहर जंगलतर्फ निकाली वन फडानी गरेको संघर्ष समितिका संयोजक दलबहादुर खत्रीको आरोप छ।

आयोजनाले किसान पीडित कार्य गरेकाले त्यसको विरोध गर्दै ६ वडाका ४ वटै मौजाले माग गरेको स्थानबाट मोहडा कायम गरी झरन निकासको व्यवस्था हुनुपर्छ। खत्रीले भने,' मधुवन नगरपालिका गाउँ नम्बर ८ को पशुहाट बजार लाग्ने ठाउँमा विनाकारण करोडौं रकम खर्च गरी नहरलाई गहिरो बनाउँदा किसानलाई समस्या परेको हो। पीडित उपभोक्ताले नगरपालिका लगायत वडा कार्यालयमा समस्या समाधानका लागि ज्ञापनपत्र समेत बुझाएका छन्।

संयोजक खत्रीले थपे,' आयोजनाले यस क्षेत्रमा नहर निर्माण कार्य तत्काल रोकी सम्बन्धित पक्षहरुसँग उचित निष्कर्षमा पुगी समस्या समाधान नगरे हामी कडा आन्दोलनमा उत्रिन्छौं।'

निर्माणाधिन नहरबाट यसक्षेत्रका किसान सिँचाईको समस्याबाट मुक्ति नहुने उनको भनाई छ। बबई सिँचाई आयोजनाको पश्चिमी नहरमार्फत मधुवन नगरपालिका, खैरापुरहुँदै सदरमुकाम गुलरिया नगरपालिकाको मथुराहरद्वार क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने उद्देश्यले नहर निर्माण भैरहेको छ।

बबई सिँचाई आयोजनाले मधुवन नगरपालिका गाउँ नम्बर ८ स्थित बाँगेकुलोबाट निकाल्न लागिएको शाखा नहरले किसानलाई कुनै सहजता नहुने मधुवन नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भक्तबहादुर सुनारले बताए।उनले भने,' 'पुरानै ठाउँबाट नहर निकालिएको भए सबैलाई राम्रो हुने थियो।नयाँ ठाउँ जंगलबाट डाउन गराएर नहर छिराउँदा करिब १२ मौजाका स्थानीय शाखा नहरबाट बञ्चित हुन्छन्।

उनले भने,' बबई सिँचाई आयोजना र पश्चिमी जलउपभोक्ता समिति ढोडरीले किसानलगायत जनप्रतिनिधिसँग समन्वय नगर्दा समस्या बल्झिएको हो।

नयाँ ठाउँबाट निर्माण गर्न लागिएको शाखा नहर उपभोक्तालाई चित्त नबुझेकाले बडाले माग गरेको स्थानबाट शाखा नहर दिनुपर्ने उनले बताए। सहमती गरेर काम अघि बढाउँदा राम्रो हुने वडाध्यक्ष सुनारको भनाई छ।
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.