ताप्लेजुङ रन चैत ३० देखि

ताप्लेजुङ रन चैत ३० देखि

ताप्लेजुङ : ‘स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित ताप्लेजुङमा चैत ३० गतेदेखि ‘ताप्लेजुङ रन’ आयोजना हुने भएको छ। नयाँ वर्षको सुरुआतसँगै स्वस्थ जीवनका लागि चेतना फैल्याउने उद्देश्यले दौडको आयोजना गर्न लागिएको जानकारी ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले दिए। ‘प्रत्येक शनिबार बिहान ७ः३० बजे फुङलिङ बजारको वीरेन्द्रचोकबाट दौड सुरु हुनेछ’, खवासले भने, ‘त्यहाँबाट–तोक्मे–हेलिप्याड–पराजुली चौक हुँदै पुनः वीरेन्द्रचौकमा पुगेर सम्पन्न हुनेछ।’

दौडमा बालबालिकादेखि वृद्धसम्म सबैले भाग लिन पाउने खवासले बताए। दौडअघि स्वास्थ्य परीक्षण गरिनेछ। दौडमा प्रवेश पनि निःशुल्क गरिएको छ। ‘यसमा स्वतस्फुर्त रूपमा दौडिने हो, सुरुमा कुनै प्रतिस्पर्धा हुँदैन,’ अध्यक्ष खवासले भने, ‘निश्चित अवधिपछि संस्थाले दौडमा भएको सुधार हेरेर सम्मान गर्छ।’ यस्तो प्रकारको दौडको सुरुआत नेपालमा धरानबाट भएको हो।

अहिले दमक, भोजपुर र पोखरामा समेत विस्तार भएको जानकारी धरान रनका अध्यक्ष रमन राईले दिए। बेलायती सेनामा कार्यरत फुङ्लिङ नगरपालिकाका दीपेन्द्र गुरुङको परिकल्पनामा ताप्लेजुङमा आयोजना गर्न लागिएको हो। गुरुङका अनुसार बेलायतमा ‘पार्क रन’ को नाममा यो दौड आयोजना हुने गरेको छ। बेलायतीहरू आफू निरोगी तथा स्वस्थ रहन आइतबार सामूहिक रूपमा पार्क रन कार्यक्रममा दौडने गरेको गुरुङले बताए।

‘हाम्रो उद्देश्य समाजलाई सुन्दर र स्वस्थ बनाउनु हो,’ गुरुङले भने, ‘दौड एक प्रकारको उपचार पद्धति नै भएकाले यसले मानिसको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्छ।’ देश तथा विदेशमा रहेका स्वयम्सेवीहरूको सक्रियतामा ताप्लेजुङ रन नामक संस्थासमेत दर्ता गरेर कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष खवासले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.