हिउँपहिरोमा परी ३ तीर्थयात्रु बेपत्ता, भारी हिमपातले उद्दारमा कठिनाइ

हिउँपहिरोमा परी ३ तीर्थयात्रु बेपत्ता, भारी हिमपातले उद्दारमा कठिनाइ

डोल्पा : तीर्थ गएका ३ जना हिउँपहिरोमा परेर बेपत्ता भएका छन्।शे-फोक्सुण्डो गाउँपालिका-३ शे-गुम्बाबाट तीर्थ गएका ३ जना हिउँ पहिरोमा परी बेपत्ता भएका हुन्। हिउँ पहिरोमा हराएकामा शे-फोक्सुण्डो गाउँपालिका-३ का ३७ वर्षीय फुर्वा ठिन्लया गुरुङ,सोही ठाउँमा बस्ने १८ वर्षीय पेमा कुन्साङ गुरुङ र ३ कै १२ वर्पीय फुन्छोक गुरुङ हिउँ पहिरोमा वेपत्ता भएको गाउँपालिकाले जानकारी दिएको छ।

यहि चैत्र १७ गते दिउँसो १ बजेतिर शे-गुम्बाको शेल्रीढुक्टा भन्ने तीर्थमा घुम्न गएको समयमा उनीहरु हिउँ पहिरोमा परेर वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। गोन्मोक्ष गुम्बा बसी घर फर्किने क्रममा उनीहरु हिउँपहिरोमा परेर वेपत्ता भएको सँगै  तीर्थ गएका न्मोक्ष गुम्बाका मुख्य पूजारी तेनछोईक्याप लामाले जानकारी दिएका छन्। उनले आफू पनि हिउँपहिरोमा परेको र बाँच्न सफल भएको बताएका छन्।

सञ्चारको सुविधा नभएको कारण एक सातापछि मात्रै हराएको थाहा भएकाले उद्धारका लागि जिल्ला प्रहरी र जिल्ला प्रशासनमा लिखित रुपमा अनुरोध गरेको शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टासिटुण्डुप गुरुङले बताए। 

उनका अनुसार ल्होसारदेखि भोटवासीको नयाँ वर्ष सुरु हुने र नयाँ वर्ष सुरुसँगै सबैभन्दा पहिला क्रिष्टल माउण्टेनमा तीर्थ यात्रा गरेर पाप काटिने र धर्म प्राप्ति हुने विश्वासका साथ यतिबेला तीर्थयात्री त्यहाँ जानेगर्छन्।

क्रिष्टल माउण्टेनलाइब कैलाश हिमालका रुपमा लिने र कैलाश हिमालको परिक्रमा गरेमा पुण्य कमाउनुका साथै स्वर्ग जाने बाटो खुल्ने विश्वास रहेको गाउँपालिका उपाध्यक्ष धावासम्डुक गुरुङले बताए।

स्थानीयले उद्धारका लागि निवेदन दिएपनि भारी हिमपातका कारण उद्धारका लागि सम्भव भने नरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। ५८ सय मिटरको उचाईमा उक्त क्षेत्र पर्ने र यति बेला ३ फिटभन्दा धेरै हिउँ जमिरहेकाले उद्धारका लागि आँट गर्न नसक्ने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए।हिउँपहिरोमा परेर सयौं चौरीगाई वेपत्ता छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.