हेम्जामा आलु महोत्सव : तरकारीको गहनामा सजिए किसान

हेम्जामा आलु महोत्सव : तरकारीको गहनामा सजिए किसान

पोखरा : शिरमा मकै र केराउको श्रीवन्दी, आलुको छड्के तिलहरी, मुलाको चस्मा र आलुकै मुन्द्री लगाएर किसानहरु दशौं आलु महोत्सवमा सहभागी भएका छन्। पोखराको हेम्जामा शुक्रबारबाट सुरु भएको महोत्सवमा भेला भएका किसानले आलु लगायत विभिन्न तरकारीको गहना बनाएर सजिएका हुन्। 

आलु महोत्सवमा किसानहरुले आफुले उत्पादन गरेको आलुको पहाड नै खडा गरेका छन्। मेलामा सहभागी हुन आउने आफु जस्तै किसानलाई तरकारी, अन्न बालीमा जथाभावी विषादी प्रयोग नगर्न भजन र गीतमार्फत सन्देश पनि दिएका थिए। 

कास्की जिल्लाकै आलु उत्पादनका लागि पकेट क्षेत्र मानिएको हेम्जामा बैशाख १ गतेसम्म स्थानीय किसानले उत्पादन गरेका आलु विक्री हुनुको साथै आलुका विभिन्न परिकारको स्वाद महोत्सवमा लिन पाइन्छ। 

स्थानीय किसानले उत्पादन गरेको आलु र तारकारी आफ्नै घर आँगनबाट विक्री गर्ने उद्देश्यले आलु महोत्सवको तयारी गरिएको आयोजक विष्णु पादुका क्लवका अध्यक्ष कृष्ण खड्काले बताए। हेमजामा ४ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुन्छ। हेमजमा मात्र करिव ५ हजार मेट्रिक टन आलु उत्पादन हुने पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनोहर कडेरीयाले जानकारी दिए। 

आलु महोत्सवमा प्रति केजी ३२ रुपौयाँमा आलु विक्री गरिने अध्यक्ष खड्काले बताए। आलु महोत्सवको गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे। महोत्सवमा सहभागीलाई आकर्षण गर्न आलु थुपारेर आलुको पहाड नै बनाइनुको साथै अन्य ताजा तरकारीको प्रदर्शनी गरिएको छ। 

महोत्सवमा आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति, च्याउँ कफी, चिया विक्री एवम् प्रदर्शनी, विभिन्न कृषि बीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी गरिएको आयोजक संस्था विष्णु पादुका क्लबका अध्यक्ष खड्काले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.