गहुँ काट्दै, ट्याक्टर चलाउँदै हेमा मालिनी

गहुँ काट्दै, ट्याक्टर चलाउँदै हेमा मालिनी

एजेन्सी : यतिखेर बलिउड अभिनेत्री हेमा मालिनी गहुँ काट्न र ट्याक्टर चलाउनमा व्यस्त देखिन्छिन्।चश्मा लगाएर गहुँ काट्दै र ट्याक्टर चलाउँदै गरेका उनका तस्बिरहरु यतिबेला समाजिक संजालमा भाइरल भइरहेका छन्।कतिपयलाई लाग्न सक्छ यी तस्बिर कुनै नयाँ फिल्मको सुटिङताकाका हुन्।

भ्रममा नपर्नुहोस्।अभिनेत्री हेमालाई यतिखेर चुनावी चटारोले छपक्कै छोपेको छ।उनी भारतीय जनता पार्टी (बीजेपी) का तर्फबाट मथुरा लोकसभाको उम्मेदबार बनेकी छन्।भोट आफ्नो पोल्टामा पार्न उनी अनेकन जुक्ति निकालेर चुनावी मैदानमा उत्रिएकी छिन्।यतिबेला उनी खेतखेतमा पुगेर किसानसँगै हातेमालो गर्दैछिन्।

अहिले मथुराको लोकसभा चुनावका लागि उम्मेदबार चुनावी प्रचारप्रसारमा तातेका छन्।बीजेपी प्रत्यासी हेमा मालिनी पनि मतदातालाई लोभ्याउन भरपूर कोशिस गरिरहेकी छन्। उनले मतदातालाई लोभ्याउन चुनाव प्रचारको भिन्न उपाय अपनाएकी छिन्।त्यसका लागि किसानको खेतमै पुगेर ट्याक्टर चलाउने र गहुँ काट्ने गरेकी छन्।यतिखेर उनका ट्याक्टर जोत्दै गरेका र गहुँ काट्दै गरेका तस्बिर सामाजिक संजालमा भाइरल भएका छन्।

त्यहाँको समाचार एजेन्सी एएनआईले चश्मा लगाएर ट्याक्टर जोत्दै गरेको उनको तस्बिर प्रकाशित गरेपछि यो तस्बिर भाइरल भएको हो। मथुरा लोकसभामा १८ अप्रिलमा मतदान हुँदैछ।हेमा मालिनी सोही क्षेत्रबाट दोस्रोपटक चुनाव लड्दै छिन्।

देशकै उच्च तहमा सामिल हुन मथुरामा हेमा मालिनी प्रतिद्वन्द्वी महागठबन्धका कुँवर नरेन्द्र सिंह र कांग्रेसका महेश पाठकसँगै भिड्दै छिन्। समाचारका अनुसार ३१ मार्चमा हेमा मथुरामा पुगेकी थिइन्।भोट आफ्नोतर्फ पार्नका लागि उनी यतिसम्म गर्दै छिन् की किसानले गहुँ काटेको सहनै नसकेकी किसानको हातबाट हँसिया थुतेर गहुँ काट्न तम्सिहाल्छिन्।

अहिले सामाजिक संजामा उनको अर्को एक तस्बिर पनि भारल भएको छ।यो तस्बिरमा हेमा पूरै शक्ति निकालेर ह्यान्ड पाइप चलाउँदै गरेको देखिन्छ। यो तस्बिर भने २०१४को लोकसभाको चुनाव प्रसारप्रचार गर्दै गरेको हो।

२०१४को लोकसभाको चुनाव प्रसारप्रचार बेलामा हेमा मालिनीको भारल भएको तस्बिर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.