सातौं मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा

सातौं मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा

काठमाडौं : यस वर्षको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु भएको छ । सातौं संस्करणको रुपमा बिहीबार सुरु भएको महोत्सवमा फिल्महरु बसाइसराइको विषयमा प्रतिष्पर्धा गर्दै छन् ।

कमलपोखरीस्थित बिहीबार रसियन कल्चर सेन्टरमा सांगीतिक प्रस्तुतीसहित महोत्सव सुरु भएको हो । उद्घाटनसँगै ८० मिनेटको जर्मन फिल्म ‘द मार्च अफ होप स्काई’ प्रदर्शन गरिएको थियो ।

‘सुरक्षित, व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ नारासहित सुरु महोत्सवमा ३३ देशका ८२ वटा सबै प्रकृतिका फिल्म प्रदर्शन हुने छन् । नेपालका भने २० भन्दा धेरै फिल्म प्रदर्शन हुँदै छन् ।

चारदिने महोत्सवको अवधिभर फिल्म तथा मानवअधिकारका विषयमा केन्द्रित केही बहसमुलक कार्यक्रम पनि हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिएका छन् ।

महोत्सवका लागि नेपालको तर्फबाट फिल्म समिक्षक अनुप सुवेदी, कोरियाली फिल्म समिक्षक चाङ सेवक योङ, मलेसियाका आना हर मेइ योके र रसियाली लेखिका लिया गिल्मुट्डिनोभा निर्णायक मण्डलमा छन् ।

फिल्मकर्मी तथा सयौं दर्शकका माझ सुरु उद्घाटन समारोहमा मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कुटनीतिक नियोगका प्रतिनिधिहरुले महोत्सवका लागि शुभकामना प्रदान गरेका थिए ।

यस्तै मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्री, महोत्सवका अध्यक्ष अरुणदेव जोशी, महोत्सव निर्देशक पाण्डव खत्री लगायतले आगन्तुकहरुलाई स्वागत गर्दै महोत्सवबारे बोलेका थिए । आइतबार सम्पन्न हुने महोत्सवमा विभिन्न विधामा उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.