प्रदेश-५ को निर्णय: हुरी प्रभावितलाई एक करोड, सांसदलाई १० लाखको बिमा

प्रदेश-५ को निर्णय: हुरी प्रभावितलाई एक करोड, सांसदलाई १० लाखको बिमा

बुटवल : पाँच नम्बर प्रदेश सरकारले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितलाई राहतस्वरुप १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। प्रदेश ५ मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश-२ सरकारको राहत कोष खातामा उक्त रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेललाई क्यान्सर रोग उपचारका लागि ५ लाख दिने निर्णय समेत गरेको छ।८२ वर्षीय पोखरेल क्यान्सर रोग लागेर काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। बैठकले प्रदेशसभा सदस्यको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा गर्ने निर्णय समेत गरेको छ।

यो कार्यक्रम नीति कार्यक्रमसहित बजेटमा समेत घोषणा गरिएको थियो। स्वास्थ्य विमा गरिसकेपछि सांसदलाई उपचारका लागि आर्थिक सहयोग गर्न नपर्ने प्रवक्ता चौधरीले बताए। यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा छलफलमा रहेको लोकसेवा आयोग गठनसम्बन्धी विधेयक फिर्ता ल्याइ मस्यौदा सच्याएर फेरी दर्ता गर्ने निर्णय समेत बैठकले गरेको छ।

प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ। कानुन मस्यौदा तथा सुझाव आयोगका म्याद असारसम्म थप गर्ने, घरेलु सौर्य उर्जा प्रणालीको अनुदान कार्यविधि समेत बैठकले पारित गरेको छ।

यस्तै बाँकेको खजुरा गाउँपालिकाको केन्द्र बागेश्वरी ३ बागमती नगरमा सार्ने निर्णय भई आएकाले कार्यान्वयनका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.