कवि छम गुरुङ सम्मानित
![कवि छम गुरुङ सम्मानित](https://annapurnapost.prixacdn.net/media/albums/chham-gurung-awarded_20190405142642_61wGxijNBc.jpg)
काठमाडौं : कवि तथा युवा संस्कृतिकर्मी छम गुरुङ सम्मानित भएका छन् । गुरुङ साहित्यिक मञ्च नेपालले उनलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित ‘गौरी तमू लेखन पुरस्कार’ प्रदान गरेको हो ।
झण्डै दशकयता काठमाडौंमा रहेर साहित्य सृजना तथा मौलिक संस्कृति अनुशन्धानमा सक्रिय छम गुरुङलाई मञ्चको दोस्रो स्थापना दिवसको अवसरमा सम्मान पनि गरिएको हो । छमको कविता संग्रह ‘पोर्टर बा’ प्रकाशित छ । यसबाहेक उनले गुरुङ भाषा तथा संस्कृतिबारे खोज, अनुशन्धान गरिसकेका छन् ।
कवि छमलाई तमू धी नेपालका उपाध्यक्ष हुम गुरुङ, तमू प्ये ल्हु संघका वरिष्ठ उपाध्यक्ष क्या. इन्द्रबहादुर गुरुङ, गुरुङ फिल्म एशोसियशनका अध्यक्ष गिरीप्रसाद गुरुङ, तमू सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चीनकाजी गुरुङ, तमू छोंज धीका केन्द्रीय सदस्य विष्णु गुरुङ, मञ्चका सल्लाहकार शान्ति गुरुङले एकमुस्ट सम्मान गरेका थिए ।
सम्मान ग्रहणपछि गुरुङले सामाजिक, राजनीतिक दायित्व झनै बढेको भन्दै आफ्नो यात्रामा निरन्तर लागिरहने प्रतिक्रिया दिए । सम्मान कार्यक्रमको पूर्वसन्ध्यामा आख्यान लेखन सम्बन्धी समालोचक गुरुङ सुशान्तले कार्यशाला गराएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)