दुई नेपाली युवालाई भारतमा ‘राष्ट्रपति पुरस्कार’
![दुई नेपाली युवालाई भारतमा ‘राष्ट्रपति पुरस्कार’](https://annapurnapost.prixacdn.net/media/albums/sammanit-in-india_20190405145855_eTpM4c5ZUG.jpg)
काठमाडौं : भारतमा चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट दुई नेपाली विद्वान् सम्मानित भएका छन्। राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान डा. विश्वनाथ धिताल र डा. उमेश नेपाललाई प्रदान गरियो।
बिहीबार दिल्लीमा आयोजित एक विशेष समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडूले उनीहरुलाई सम्मान गरे। पुरस्कारको राशि जनही एक लाख भारु छ।
संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो। डा. धिताल बनारस हिन्दू विश्वविद्यालयमा इन्जिनियरहरुलाई संस्कृत र दर्शन विषय पढाउँछन्। उनी विश्वविद्यालयका सहप्राध्यापक हुन्। धितालले नेपालको देवघाटस्थित महेश संस्कृत गुरुकुल विद्यापीठमा अध्ययन गरेका हुन्।
कम्प्युटर र प्रविधि प्रयोग गरेर न्याय र दर्शन जस्ता कठिन विषयलाई युवामाझ पुर्याउन डा. धितालको विशेष योगदान छ। यसैगरी डा. नेपाल जगद्गुरु रामानन्दाचार्य विश्वविद्यालयमा संस्कृत साहित्य विषय पढाउँछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)