रसेलको अविश्वासनीय प्रदर्शन, विराट कोहलीको टोलीको अर्काे हार

रसेलको अविश्वासनीय प्रदर्शन, विराट कोहलीको टोलीको अर्काे हार

एजेन्सी : इन्डियन प्रिमियर लिग(आईपीएल)को यस सिजनमा विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरले अर्काे हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा वेष्टइन्डिजका आक्रामक अलराउण्डर आन्द्रे रसेलले अविश्वासनीय प्रदर्शन गरेपछि कोलकात्ता नाइटराइडर्ससँग आफ्नै मैदानमा बैंग्लोर ५ विकेटले पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बैंग्लोरले लागि कप्तान विराट कोहली र एबी डे भिलयिर्सको उत्कृष्ट इनिङको मद्दतमा २० ओभरमा जम्मा ३ विकेट गुमाएर २०५ रनको उच्च स्कोर बनाएको थियो ।

बिराट कोहलीले ४९ बलमा ८४ रन र डे भिलयिर्सले ३२ बलमा ६३ रनको योगदान गरे । दुवै आउट भएपछि पनि अस्ट्रेलियन अलराउण्डर मार्कुस स्टोनिसले १३ बलमा २८ रनको योगदान गरी टोलीलाई उच्च स्कोरसम्म पुर्‍याएका थिए । २०६ रनको विशाल स्कोर पछ्याएको कोलकात्ताले राम्रो सुरुवात गरेप नि सुरुवाती विकेट गुमापछि बीचमा ब्याट्सम्यानले सुस्त गतिमा रन बनाउँदा खेल बैंग्लोरतर्फ ढल्किसकेको थियो ।

१७ औभरको अन्तिममा पाचौं विकेट गुमाउँदा कोलकात्ताको १५३ रन मात्रै थियो । अन्तिम ३ ओभरमा जितका लागि ५३ रन नै चाहिएको थियो । त्यसपछिको २ ओभरमा आन्द्रे रसेलले धुँवादार प्रदर्शन गरेपछि १९.१ ओभरमा ५ बल अगावै कोलकात्ताले जित हात पार्‍यो । १८ औं ओभरमा २३ रन बन्यो । यस ओभरमा रसेलले मात्रै १८ रन प्रहार गरे । त्यसपछिको ओभरमा पनि रसेल रोकिएनन् ५ बल सामना गर्न पाएका उनले ४ छक्का र एक चौका प्रहार गरी टोलीलाई जित नजिक पुर्‍याए ।

यस ओरमा २९ रन बन्यो । छैटौं नम्बरमा क्रिजमा आएका रसेल बैंंग्लोरका लागि घातक बने । आईपीएलको यस सिजनमा रसेल विपक्षी टोलीका लागि हैरानी बन्दै आएका छन् । अहिलेसम्मका चारै खेलमा रसेलको ब्याट अस्वभाविक तरिकाले चम्किएको छ ।

उनले हैदरावादविरुद्ध १९ बलमा ४९ रन, पञ्जाबविरुद्ध १७ बलमा ४८ रन, दिल्लीविरुद्ध २८ बलमा ६२ रन बनाएका थिए । दिल्लीसँग मात्रै कोलकात्ताले हार सामना गर्‍यो, अन्य तीनै खेलको जितका लागि रसेल नै हिरो सावित भए । यो सँगै विराट कोहलीको टोली बैंग्लोरले लगातार ५ औं हार व्यहोरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.