कैदीलाई ज्ञान दिन कारागारमा पुस्तकालय

कैदीलाई ज्ञान दिन कारागारमा पुस्तकालय

 
कालिकोट : जिल्ला कारागार कार्यालय कालिकोटमा पुस्तकालय स्थापना गरिएको छ। शनिबार जिल्ला प्रहरी प्रमूख डिएसपी बिनोद शर्माको अध्यक्षता, प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की तथा लेखक युग पाठकको विशेष आतिथ्यतामा एक समारोहका बीच जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको हो। 
      

केही महिना अघिदेखि कर्णाली प्रदेशका प्रहरी प्रमूख डिआईजी महेशबिक्रम शाहको पहलमा सुरु भएको कारागारलाई किताब अभियानको सहयोगमा संकलित विभिन्न किसिमका किताबहरु जम्मा गरेर कारागारमा रहेका कैदीहरुलाई ज्ञान दिन पुस्तकालय स्थापना गरिएको हो। 

नेपाल प्रहरीको 'सामुदाय प्रहरी साझेदारी' कार्यक्रम अन्तरगत थालिएको कारागारलाई किताब अभियानले कालिकोटमा झण्डै सात सय किताबहरु संकलन भएका थिए। पुस्तकालय उद्घाटन कार्यक्रममा प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कैदीको जीवनपछि समाजमा पुनस्थापना गर्न सहजताका लागि पुस्तकालयमा राखिएका किताबहरुको अधययन गर्न सुझाव दिए। उनले भने, 'हामी कारागारलाई सुधार गृहका रुपमा विकास गर्न र कैदीहरुले पाउनु पर्ने सेवा सुविधाहरुमा कुनै कमी हुन दिन्नौँ। तर तपाईँहरु आफ्नो आचरण सुधार गर्दै जानुस्। जसले भोलि समाजमा पुनस्र्थापना हुँदा सहज होस्।'
 
कार्यक्रममा विशेष अतिथि वरिष्ठ लेखक तथा साहित्यकार युग पाठकले संसारमा मान्छेलाई मान्छे बनाउने ज्ञान भएकाले ज्ञान आर्जन गरी ज्ञानी मान्छे बन्न कैदीहरुलाई आग्रह गरे। उनले ज्ञानको स्टोर गर्ने माध्याम किताब भएकाले कारागारमा स्थापना गरिएको पुस्तकालयमा राखिएका किताबहरुबाट भरपुर ज्ञान लिनु पर्ने बताए। 

'उर्गेनको घोडा' उपन्यास र 'माङ्गेना नेपाल मन्थन' पुस्तकका लेखकसमेत रहेका पाठकले भने, 'ज्ञानले मान्छेलाई विशिष्ट बनाउँछ। मान्छे सचेत प्राणी भएको दिमाग लगाएर हो। दिमाग बढाउनका लागि अध्ययन आवश्यक छ। किताब अध्ययन गर्नुस ज्ञान बढाउनुस्।'

उनले मान्छेले ज्ञानबाटै समयलाई आफु अनुकुल बनाएको बताउँदै कारागारमा बसेरै ज्ञान आर्जन गर्दा आफैँलाई सक्षम बनाउन सकिने बताए। 
       
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमूख डिएसपी बिनोद शर्माले जिल्ला कारागारमा पुस्तकालय स्थापना गर्ने डिआईजी महेशबिक्रम शाहको अभियानले सार्थकता पाएको बताए। उनले भने, 'कारागारमा पुस्तकालय स्थापना भएपश्चात कैदीहरुको जीवनले नयाँ उचाइ लिनेछ। जसका लागि आवश्यकताका आधारमा थप कितताबहरुको व्यवस्थापन पनि गर्नेछौँ।'

उनले कारागारका कैदीहरुलाई कारागारबाट बाहिर जाँदा ज्ञान र सीप लिएर जान आग्रह पनि गरे। उनका अनुसार कारागारमा स्थापना गरिएको पुस्तकालयमा ५ सय ७३ किताबहरु राखिएका छन्। जिल्ला कारागारमा हाल ५ जना महिला र ५९ जना पुरुष गरी ६४ जना कैदी बन्दीहरु रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.