किसानको गुनासो : मन्त्रीज्यू, तरकारी बिकेन कुहियो, के गर्ने ?

किसानको गुनासो : मन्त्रीज्यू, तरकारी बिकेन कुहियो, के गर्ने ?

भक्तपुर :  ‘मन्त्रीज्यू, तरकारी बिकेन तर कुहियो, नकुहिने उपाय लगाइदिनुपर्‍यो’, भक्तपुरमा भएको तीनदिने कृषि मेला एवं प्रदर्शनीमा भाग लिन यहाँ पुगेका प्रदेश नम्बर ३ का कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामासमक्ष किसानहरुले अगाडि भने, ‘तरकारी बेच्ने राम्रो ठाउँसमेत छैन। बिचौलियाकै हात थमाइदिनुपर्ने बाध्यता छ। जसले गर्दा लगानी उठाउन नै हम्मे हम्मे भयो।’

जिल्ला कृषि सहकारी संघ भक्तपुरले आयोजना गरेको कृषि मेलामा रहेका प्रत्येक स्टल पुगेका प्रदेशमन्त्री लामासमक्ष अधिकांश किसानहरुले यहीं गुनासो गरे। ‘मन्त्रीज्यू, अनियन्त्रित जग्गा प्लानिङ र प्लटिङले जग्गा खण्डीकरण हुँदा व्यवसायिक कृषि गर्न नै समस्या भयो’, मेलामा स्टल राखेका किसान हरेराम त्वानावासूले अर्को गुनासो पोखे।

मेलाको समापन कार्यक्रममा पुगेका मन्त्री लामाले किसानको गुनासो सम्बोधन गर्दै दीर्घकालीन योजनासहित आए भक्तपुरमा ठूलो कोल्ड स्टोरेज बनाउन प्रदेश सरकार तयार रहेको सुनाए।

‘जिल्लाका किसानहरुको आवश्यकताअनुसार दीर्घकालीन योजना ल्याउनुहोस्’, उनले भने, ‘योजनाअनुसार ठूलो कोल्ड स्टोरेज बनाउन प्रदेश सरकार तयार छ।’

उनले व्यक्तिगतभन्दा सहकारीमार्फत सामूहिक खेती गर्न जोड दिए। समापनमा पुगेका सूर्यविनायक नपाका प्रमुख वासुदेव थापालाई इंगित गर्दै मन्त्री लामाले व्यवसायिक कृषि गर्ने सहकारीहरुलाई आवश्यक जग्गा उपलब्ध गराउन सुझावसमेत दिए।

प्रमुख थापाले कृषि उत्पादनको महत्वमाथि प्रकाश पार्दै सहकारीमार्फत् सामूहिक खेती गरिए जग्गा उपलब्ध गराउन नपा प्रतिबद्ध रहेको बताए।

त्यस्तै राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले कृषि सहकारीले मात्रै नभई सबैजसो सहकारीले व्यवसायिक कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेपर्ने बताइन्।

जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष सनिश लागेजूले सहकारीमार्फत कृषि पेसालाई मर्यादित र व्यवसायिक बनाउन मेला आयोजना गरिएको जानकारी दिए।

उनका अनुसार मेलामा ५० वटा स्टल राखिएका थिए। जसमा जिल्लास्थित कृषि सहकारीका उत्पादनसँगै कृषि यन्त्र, फूल खेती, कोल्ड रुम, जैविक मल, एएसी ब्लक, आलु जोन, धान जोन र तरकारी जोनका स्टल थिए।

अध्यक्ष लागेजूले मेलामा करिब ६० लाख रुपैयाँको कारोबार भएको बताए। त्यस्तै करिब ३० हजार जनाले मेला अवलोकन गरेको उनको भनाइ थियो। त्यस्तै मेलामा कृषि तथा पशुको बीमाको समेत व्यवस्था गरिएको संघका उपाध्यक्ष रामहरि न्यौपानेले बताए। उनका अनुसार मेलामा आलु तथा च्याउका परिकार र नेवारी खाजाको खानाका स्टलको समेत व्यवस्था गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.