तस्बिरमा वाइल्ड लाइफ
काठमाडौं : नेपाल पर्यटन बोर्ड मासिक रुपमा आयोजना हुने फोटो प्रदर्शनी अन्तर्गत यो महिना वाइड लाइफ फोटोग्राफर सागर गिरीले खिचेका तस्बिर प्रदर्शनी सुरु भएको छ ।
शुक्रबारबाट सुरु भएको प्रदर्शनी चैत २८ गतेसम्म चल्ने छ । प्रदर्शनीमा गिरीले कैद गरेका ३५ तस्बिर राखिएको छ । सोमबार फोटोग्राफर गिरीसँग अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ।