भारतीय प्रधानमन्त्री मोदी अन्तर्वार्ता दिइरहँदा यसरी खनिए मिडियाविरुद्ध !

भारतीय प्रधानमन्त्री मोदी अन्तर्वार्ता दिइरहँदा यसरी खनिए मिडियाविरुद्ध !

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज मिडियाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । एबिपी न्युज च्यानलका लागि दुई पत्रकारले अन्तरवार्ता लिइरहँदा क्यामेरामै उनीहरुविरुद्ध आक्रामक बनेका हुन् ।

मोदीले एबिपी न्युजले अदालतको फैसला समेत नमानेको भन्दै त्यसमा आपत्ति जनाएका छन् । ‘एबिपी न्युज सर्वोच्च अदालतको फैसला मान्दैन भने यसभन्दा ठूलो बिडम्वना के हुनसक्छ ?’ मोदीले सोधे ।

यससँगै उनले केही आरोप समेत एबिपी न्युजाका विरुद्ध लगाएका थिए । अन्तरवार्ताको क्रमममा प्रश्न रोकेरै तीनवटा आरोप लगातार प्रस्तुत गरेका थिए ।

‘के भारत सरकारले संसदमा बोलेको कुरा पनि एबिपी न्युज मान्न तयार छैन ?’ उनले उक्त मिडियाका पत्रकारलाई सिधा प्रश्न गरे । मोदीले एबिपी न्युज च्यानल पूर्वाग्रही भएको समेत टिप्पणी गरेका थिए । गान्धी परिवार भ्रष्टाचारमा मुछिएको भन्दै वित्तमन्त्रीले पत्रकार सम्मेलन गर्दा समेत यसबारे एबिपी न्युजले समाचारलाई महत्व नदिएको मोदीको तर्क छ ।

अन्तर्वार्ता लिने पत्रकारलाई नै उनले ‘तपाईँहरुको के बाध्यता छ ?’ भन्दै प्रतिप्रश्न समेत गरे । प्रधानमन्त्री मोदीले एबिपीलाई दिएको अन्तरवार्ताको उक्त भिडियो सामाजिक संजालमा समेत भाइरल बनाइएको छ । ‘पीएम मोदी अन एबिपी न्युज’ नामको ह्यासट्यागमा उक्त भिडियो अहिले चर्चामा आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.