भाजपालाई पाकिस्तानी प्रधानमन्त्रीले लगाए ‘वार हिस्टेरिया’को आरोप !

भाजपालाई पाकिस्तानी प्रधानमन्त्रीले लगाए ‘वार हिस्टेरिया’को आरोप !

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई ‘वार हिस्टेरिया’बाट ग्रसित रहेको आरोप लगाएका छन् ।

तर सत्य नै उत्तम विकल्प रहेको पनि उनको भनाइ छ । जुन भारतको सत्तारुढ दलले नचाहेको खानको टिप्पणी छ । उनले अमित शाह नेतृत्वको भाजपा युद्ध देखाएरै चुनाव जित्न चाहेको पनि बताए ।

साथै पाकिस्तानको ‘एफ १६’ नष्ट गरेको भाजपाको प्रचारवाजीविरुद्ध पनि पाकिस्तानी प्रधानमन्त्री खानले आपत्ति जनाएका छन् । उनले यस्तै गलत प्रचारवाजीबाट भाजपाले चुनाव जित्न चाहेको टिप्पणी दिए ।

गत महिना भारत र पाकिस्तानबीच चलेको युद्धपछि यस्तै आरोप–प्रत्यारोप चल्दैआएको छ । भारतले पाकिस्तानी विमान खसालेको दावी गरेपछि पाकिस्तानी प्रधानमन्त्रीले मिडियासामु प्रतिक्रिया दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.