ओलम्पिक छनोट : नेपाल  भारतसँग पराजित

ओलम्पिक छनोट : नेपाल  भारतसँग पराजित

काठमाडौं : नेपाल सन् २०२० को ओलम्पिक महिला छनोट फुटबलअन्तर्गत दोस्रो चरणबाट बाहिरिएको छ। म्यानमारमा जारी समूह ‘बी’ अन्तर्गतको शनिबार भएको दोस्रो खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३-१ गोलले पराजित भयो। समूहमा लगातार दोस्रो हार खेपेपछि नेपाल छनोट चरणबाट बाहिरिएको हो। पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ३-१ गोलले नै पराजित भएको थियो। भारतको जितमा सन्ध्या र अशलता देवीले एक एक गोल गरे। भारतले एक गोल आत्मघाती उपहार पाएको थियो। 

नेपालकी पुनम मगरले आत्मघाती गोल गर्दा कप्तान नीरू थापाले एक गोल फर्काइन्। भारतले खेलको छैटौं मिनेटमा नेपालकी पुनमको आत्मघाती गोलमा अग्रता लिएको थियो। 

एक मिनेटलगत्तै सातौं मिनेटमा नेपालकी कप्तान नीरू थापाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन्। दोस्रो हाफमा आक्रामक प्रदर्शन गरेको भारतका लागि ६० औं मिनेटमा सन्ध्याले दोस्रो गोल गरिन्। ७८औं मिनेटमा कप्तान अशलता देवीले पेनाल्टीमा गोल गर्दै भारतलाई सहज जित दिलाइन्।

जितसँगै भारतले ओलम्पिक छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। भारतले लगातार दुई जितसँगै ६ अंक बनाएको छ। नेपाले खाता खोल्न सकेको छैन। नेपालले समूह चरणको अन्तिम खेल इन्डोनेसियासँग चैत २६ गते खेल्ने छ। समूहको शीर्ष टोलीले तेस्रो चरणको छनोट खेलमा स्थान बनाउने छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.