पोखरामा गुञ्जिए प्रमोद खरेल

पोखरामा गुञ्जिए प्रमोद खरेल

पोखरा : सुगम संगीतमा आफूलाई स्थापित गर्न सफल गायक प्रमोद खरेल शुक्रबार पोखरामा गुञ्जिएका छन्। 

पोखरा सभागृहमा  गायक खरेलले पहिलो प्रस्तुतिको रुपमा आफ्नो चर्चित गीत ‘मबिना कसै कसैलाई मुस्किल छ पोखरा’मा गाएर पोखरेलीको मन जितेका थिए। 

यसै गीतले उनलाई श्रोतामाझ स्थापित गराउन सहयोग गरेको थियो।  यस गीतका पोखरेली गीतकार शीतल गिरीलाई उनले कार्यक्रममा सम्मान पनि गरे। 

चलचित्र, आधुनिक, पप, राष्ट्रिय गीत गाएर स्थापित भएका खेरेलले कार्यक्रममा चर्चित युवा नेता रवीन्द्र अधिकारीलाई पनि सम्झिए। 

एक महिना अघि हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री अधिकारीको सम्झनामा उनले जब ‘याद गर्न पनि कोही न कोही त चाँहिदो रहेछ’ गीत गाए पोखरेली दर्शक भावुक बनेका थिए। कार्यक्रममा नारायण गोपाल, तारादेवीलगायत अग्रजको सम्मानमा पनि उनले गीत गाएका थिए। 

प्रमोद खरेल संगीतिक कार्यक्रममा नेकपाका नेता योगेश भट्टराई पनि सहभागी हुन काठमाडौंदेखि आएका थिए। खरेलले रवीन्द्रलाई  सम्झिदै गीत गाउँदा उनी पनि भावुक बनेका थिए। 

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, सांसद पदम गीरी, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कलाकार मनोज गजुरेल, विभिन्न राजनीतिक दलनका नेता, कलाकार, साहित्यकारको सहभागीता रहेको थियो। 

कार्यक्रम अवधिभर प्रमोदले करिब दुई दर्जन आफ्ना चर्चित गीत गाएका थिए। कार्यक्रमको बीचमा गायिका मिना निरौलाले खरेललाई साथ दिएकी थिइन । एभिन्यू ग्रुप अफ कमर्शको आयोजनामा भएको कार्यक्रमलाई यहाँकै बार्दली मिडिया प्रालिले व्यवस्थापन गरेको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.