इलाममा साहित्य पर्यटन महोत्सव सुरु

इलाममा साहित्य पर्यटन महोत्सव सुरु

इलाम : इलाममा दुई दिने साहित्य–पर्यटन महोत्सव सुरु भएको छ। 

इलामको पानीटार चिया बगान, गुफाथुम्की, गजरमुखी धाम, सिद्धिथुम्कालगायतका पर्यटीय गन्तव्यको प्रवद्र्धन गर्नका लागि देउमाई साहित्य पर्यटन महोत्सवको आयोजना गरेको हो। 

दुई दिने साहित्य महोत्सव उद्घाटन गर्दै पूर्वसभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले नेपाली भाषाले सबैलाई एकतामा बाँधेको बताए। 

देउमाई साहित्य महोत्सवमा प्रा डा. अभि सुवेदीले राजधानी र मोफसलको साहित्यको बारेमा चर्चा गरेका छन्। पत्रकार टीकाराम यात्रीले कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले र साहित्यकार राजन मुकारुङसँग साहित्यिक बहस गरे। 

कार्यक्रममा स्थानीय भाषा र साहित्य विषयमा साहित्यकार राज माङलाक, मुना राज शेर्मा, हाङयुग अज्ञातसँग अन्नपूर्ण पोस्ट्का पत्रकार समीरबाबु कट्टेलले बहस गरे। 

महोत्सवमा समकालीन साहित्य, सार्वजनिक जीवनमा महिलाको सकस र सुविधा, युवा अवसर र नेतृत्व, साहित्य र राजनीतिका विषयमा प्रवचन र प्रस्तुति हुनेछ। 

महोत्सवमा साहित्यकार, कलाकार, पत्रकार, लेखकको उपस्थिति रहेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.