फिल्म निर्देशनमा ऐश्वर्या

फिल्म निर्देशनमा ऐश्वर्या

मुम्बई : ऐश्वर्या राय बलिउडकी लोकप्रिय अभिनेत्रीमध्ये एक हुन्। पछिल्लो पटक उनी फिल्म फन्ने खानमा अनिल कपुर र राजकुमार रावसँग देखिएकी थिइन्। अभिनयको साथसाथै अब उनी फिल्म निर्देशनमा पनि हात हाल्न चाहन्छिन्।

हालै एक अन्तर्वार्तामा उनले भनिन्, ‘म फिल्म निर्देशन गर्न चाहन्छु। तर अहिलेसम्म मैले यसका लागि समय दिएको छैन। अब मैलाई यसबारेका गम्भीर भएर सोच्न बाध्य बनाएको छ। निर्देशनमा लाग्न मेरा सहयोगीले हमेशा उक्साइरहे। आफैं किन फिल्म नबनाएको भनेर सोधिरहे।’

फिल्म प्रोडेक्सनको विषयमा धेरै कुरा भइरहेको पनि उनले बताइन्। निर्माण र निर्देशनको विषयमा धेरैबाट पाएको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ। सञ्जयलीला भन्सालीको निर्देशनमा बनिरहेको साहिर लुधियानवीको बायोपिकमा ऐश्वर्या पति अभिषेक बच्चनसँग देखिने खबर पनि सार्वजनिक भएको थियो तर पछिल्लो समयमा आएर भन्सालीले यो भूमिकामा तापसी पन्नुको नाम फाइनल गरे। यो फिल्मको पूरै कास्टिङ भने अहिलेसम्म बाहिर आएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.