यू–१९ विश्वकप छनोट प्रतियोगिता : नेपाली टोली मलेसिया प्रस्थान

यू–१९ विश्वकप छनोट प्रतियोगिता : नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौं : यू–१९ विश्वकप छनोट प्रतियोगिता खेल्न नेपाली युवा टोली मलेसियातर्फ प्रस्थान गरेको छ। नेपाली टोली यही बुधबारबाट सुरु हुने छनोट प्रतियोगिता खेल्न शनिबार मलेसियातर्फ प्रस्थान गरेको हो।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरे। नेपाली टोली बुधबार नै मलेसिया पुगेको छ। नेपाली टोलीले मलेसियामा तीन दिनको सामान्य अभ्यासपछि बुधबार सिंगापुरविरुद्ध खेल्दै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ।

मलेसियाको छनोट प्रतियोगिता एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो, जसको विजेता टोली सीधै अर्काे वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुने छ। छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित आयोजक मलेसिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी छ। प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नुअघि नेपाली टोलीका कप्तान र प्रशिक्षकले विश्वकप छनोट निश्चित गरेर फर्कने बताएका छन्।

नेपाली टोलीका कप्तान रोहित पौडेलले विश्वकपका लागि राम्रो तयारी भएको बताए। उनले टोलीमा अनुभवी खेलाडीको उपस्थिति र बलियो ब्याटिङ ‘लाइन अप’का कारण पनि नेपालको छनोट सम्भावना बलियो रहेको बताए।

‘यसपटक तयारी राम्रो भएको छ। यही प्रतियोगिताका लागि भारतमा १५ दिनको अभ्यास खेलसहित वैदेशिक प्रशिक्षण गरेका छौं’, कप्तान रोहितले भने, ‘त्यसका साथै यसपटक टोलीमा सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका खेलाडीको बाहुल्य छ। त्यसले टोलीको ब्याटिङ लाइन अप पनि निकै राम्रो देखिएको छ। हामी यसपटक विश्वकप छनोट निश्चित गरेर फर्कने छौं।’

कप्तान रोहितको भनाइमा प्रशिक्षक विनोद दाश पनि सहमत देखिए। ‘हामीले जति गर्न सक्थ्यौं, सबै तरिकाले राम्रो तयारी गरेका छौं। भारतमा पनि सोचेको भन्दा राम्रो ‘टे«निङ’ उपकरण र सुविधा पायौं। प्रतियोगिताअघि खेलाडीहरू उत्साहित छन्। टोलीमा अनुभवको कमी छैन’, प्रशिक्षक दाशले भने, ‘यू–१९ उमेर समूहमा कुन टोली कस्ता छन् भनेर भन्न सकिन्न। तर, हामी छनोट हुनेमा ढुक्क छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.