धुलाबारीमा भेगास सिटीको पाँचतारे होटल

धुलाबारीमा भेगास सिटीको पाँचतारे होटल

काठमाडौं : पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न स्थापना भएको भेगास सिटी इन्टरटेनमेन्टले झापाको धुलाबारीस्थित जोर सिमलामा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। ‘होटल मेची क्राउन’ नामक पाँचतारे होटलको निर्माण करिब ९० प्रतिशत सकिसकेको छ। होटल साउनदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको होटलका निर्देशक बलराम सापकोटले बताए।

उनका अनुसार भारतीय सीमाबाट नजिक भएकाले सीमापारिबाट आउने पर्यटकलाई लक्ष्य गरी होटल खोल्न लागिएको हो। भारतको बागडोग्रा विमानस्थलबाट नजिक रहेको हुँदा सिक्किम, दार्जिलिङ र भुटानबाट आउने पर्यटक यहाँ आउने उनको विश्वास छ।

होटलको चारतले मुख्य भवन, नौवटा ब्लक, पाँचवटा भिल्लासहित एक सय पाँच कोठा हुनेछन्। १०४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा पाँचवटा प्रेसिडेन्टल स्विट रुम, ३० वटा डिलक्स र बाँकी ७० वटा नर्मल डिलक्स रुम हुनेछन्। होटलमा तीनवटा रेस्टुरेन्ट, पर्याप्त मात्रामा पार्किङ, एउटा हेलिप्याड, स्विमिङ पुल, जिमहल, स्पा, साउना, पार्लरसहित सुविधा तयार हुँदै छ।

यो होटलमा पर्यटन व्यवसायी पवित्रकुमार कार्की, सापकोटा, निर्माण क्षेत्रमा छुट्टै छवि बनाएको क्षमादेवी ग्रुप र व्यवसायी सुरेशमान श्रेष्ठको लगानी छ। होटल पूर्वाञ्चलकै पहिलो पाँचतारे होटलको रूपमा सञ्चालनमा आउँदै छ।

माइस पर्यटनको केन्द्र बनाइने

प्रदेश १ को पहिलो पाँचतारे होटलको रूपमा सञ्चालनमा आउन लागेको यो होटलमा एउटा तीन हजार क्षमताको ठूलो व्याङवेट हलसहित तीनवटा सेमिनार हल छन्। होटलमा कुनै पनि पार्टी, सभा समारोह गर्न एउटा १५ सय क्षमताको, एउटा पाँच सय क्षमता र एउटा त्यसभन्दा सानो बैठक, समारोह हल तथा सभाहल बनिरहेको छ।

पछिल्लो समय नेपालमा सभा सम्मेलन, बैठक, गोष्ठी वा अन्तक्र्रिया (माइस)मा पर्यटनको रुची बढेकाले त्यसलाई दृष्टिगत गरी होटलले सभाहल बनाएको उल्लेख छ।

नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएको र विभिन्न सभा समारोह गर्ने स्वदेशी तथा विदेशी संस्था तथा माइस पर्यटनका लागि उपयुक्त हुने गरी होटलले पूर्वाधार निर्माण गरिरहेको सापकोटाले अन्नपूर्णलाई जानकारी दिए। नेपालमा माइस पर्यटन पनि एउटा पर्यटकीय प्रडक्ट हुन थालेको छ। होटलले माइसलाई प्राथमिकता दिएर पूर्वाधार बनाउनुलाई सकारात्मक रूपमा लिन सकिने सापकोटाको भनाइ छ।

होटलमा गोल्डेन ग्रुपको क्यासिनो

होटलमा भारतीय चर्चित ब्रान्ड गोल्डेन क्यासिनो ग्रुपको प्रवेश भएको छ। होटल परिसरमा रहेको क्यासिनोलाई गोल्डेन ग्रुपले सञ्चालन गर्नेछ। क्यासिनो सञ्चालन गर्ने विषयमा होटल र क्यासिनो सञ्चालक समूहबीच सहमति भइसकेको छ। होटल सञ्चालनमा आएसँगै क्यासिनो पनि सञ्चालन हुनेछ।

भारतीय पर्यटकलाई दृष्टिगत गरी खोलिएको उक्त होटल पूर्वाञ्चलकै पहिलो सुविधासम्पन्न र स्तरीय हुने भएकाले क्यासिनो पर्यटनको सम्भावना पनि उत्तिकै रहेको बुझाइ होटलको छ।

सरकारले पाँचतारे होटल वा सो सरहको सुविधामा मात्रै क्यासिनो सञ्चालन गर्न दिने गरेको छ। त्यसले हालसम्म नेपालमा सञ्चालित पाँचतारे होटलमा मात्रै क्यासिनो सञ्चालन भएका छन्। हाल तीनतारे सरहको सुविधाका होटलमा भने मिनी क्यासिनो सञ्चालन भइरहेका छन्।

होटलको संरचना आधुनिक छ। होटल सञ्चालनमा आएपछि यसले करिब तीन सय जनालाई रोजगारी दिने पनि उल्लेख छ। होटलले निर्माण सञ्चालनमा आउँदासम्म करिब साढे तीन अर्ब खर्च हुने अनुमान गरेको छ।

होटल नेपाली डिजाइन र नेपालीकै लगानीमा बन्ने भएकाले नेपाली शैलीमा नै सञ्चालन हुन्छ। यो होटलमा तत्कालै कुनै पनि विदेशी चेनको तयारी भएको छैन्। होटलको संरचना अत्याधुनिक हुने भए पनि हरेक कोठामा स्थानीय जनजातिको पहिचान झल्किने गरी निर्माण भइरहेको उल्लेख छ। यसले नेपाली कला संस्कृतिलाई प्रवद्र्धन गर्न सहयोग पु¥याउने उल्लेख छ।

पछिल्लो समय नेपालमा पाँचतारे होटल काठमाडौंभन्दा बाहिर पनि धमाधम खुल्न थालेका छन्। पर्यटकीय आकर्षक गन्तव्यमा खुलेका होटल उपत्यकामा एक सय र बाहिरका लागि ८० कोठाभन्दा बढी भए पाँचतारे स्तरमा वर्गीकरण हुन्छ। होटल निर्माणपछि स्थलगत अध्ययनबाट तोकिएको सर्त पूरा गरेकालाई मात्रै स्तरीकरण गरिने पर्यटन मन्त्रालको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.