आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान सुरु (तस्बिरसहित)

आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान सुरु (तस्बिरसहित)

काठमाडौं : पशुपति क्षेत्रमा ‌ॐआदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान सुरू भएको छ। गौरीनगरमा बालज्ञानी गुरू आदित्य उपस्थितिमा आइतबारबाट महायज्ञ महाअनुष्ठान सुरु भएको हो।

आगामी ३० गतेसम्म चल्ने महायज्ञ महाअनुष्ठानमा त्रि–गजुर शिवालयको प्राणप्रतिष्ठासमेत गरिने महायज्ञ मूल समितिले जनाएको छ। बालज्ञानी गुरू आदित्य त्रि–गजुर शिवालयको प्राणप्रतिष्ठा विधिपूर्वक शुभारम्भको कार्यक्रम ७ देखि ४ बजेसम्म रहेको छ। बालगुरु आदित्यको अवधारणामा त्रि–गजुर शिवालयको स्थापना गरिएको हो।

आज महायज्ञको पहिलो दिन ९६० मंगल कलशको यात्रा पशुपतिनाथ मन्दिर परिक्रमा गरी सम्पन्न भएको छ। कलश यात्रामा ५०० प्लेकार्ड र अर्को ५०० ॐआदी लेखिएको पहेंलो झण्डासमेत प्रदर्शन गरिएको हो।

प्लेकार्डमा बालगुरु आदित्यका 'आफ्नो परिचय आफैभित्र हुन्छ, सर्वप्रथम ध्यानद्वारा आफूलाई चिनौं' 'परिवार एकजुट हौं, कोही नहराऔं, कोही नबिलाऔं' 'जिउन सङ्घर्ष गर्नेछु, सबैको रक्षा गर्नेछु, युग पुरुष बन्नेछु' जस्ता भनाइहरू राखिएका छन् ।

चैत ३० गते शनिवार अपराह्न ५ बजे महायज्ञ महाअनुष्ठान समापन कार्यक्रम छ। समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहने आयोजक समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.