कर्णालीमा र्‍याफ्टिङ सुरु

कर्णालीमा र्‍याफ्टिङ सुरु

टीकापुर : नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कर्णाली नदीमा र्‍याफ्टिङ जम्बोरी सुरु गरिएको छ। कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टाबाट शनिबारदेखि जम्बोरी सुरु गरिएको हो। आउँदो चैत्र २५ गतेसम्म कर्णाली नदीमा र्‍याफ्टिङ जम्बोरी सञ्चालन हुनेछ। 

जिल्ला समन्वय समिति कैलाली र मोहन्याल गाउँपालिकाको आयोजनामा सुरु गरिएको जम्बोरीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कर्णाली नदीमा मोटरबोट सञ्चालनको तयारी भइरहेको बताए। 'कर्णाली नदीमा मोटरबोट सञ्चालन गर्ने तयारी भइरहेको छ, मुख्यमन्त्री भट्टले भने, 'मोटरबोट सञ्चालन गर्नसके यहाँको पर्यटन, पहाडी क्षेत्रमा विकासको बाटो खुल्ने र व्यापार समेत प्रवर्द्धन हुनेछ।'

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको संगम स्थलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, 'हिमाल, पहाड र तराई सबै मिले मात्र यस क्षेत्रको विकास सम्भव छ, यहाँको विकासका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशबीच सहकार्य आवश्यक छ।'

देश विकासका नीति नियमको समस्याका कारण जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका प्राकृतिक श्रोत र साधनको सदुपयोग हुन नसकेको स्वीकारे। 

'सुदूरपश्चिमको पर्यटकीय सम्भावना, प्राकृतिक श्रोत र साधनको सदुपयोग हुन सकेको छैन, 'मुख्यमन्त्री भट्टले भने, 'विकासका लागि स्थानीत तह र नीजिबीच समन्वय आवश्यक रहेको छ।'
 
जम्बोरीमा सहभागी सुदूरपश्चिम सरकारका मन्त्री, सांसद, प्रदेशसभा सदस्य, पर्यटन व्यवसायी लगायतको टोलीले सोल्टादेखि चिसापानीसम्म र्‍याफ्टिङमा पुगेका थिए। झण्डै ६० वटा र्‍याफ्टिङमा ६ सय बढी पर्यटकले एकैपटक कर्णाली नदीमा र्‍याफ्टिङ गरेका थिए। 

सोल्टाबाट साढे दुई घण्टाको र्‍याफ्टिङपछि चिसापानी पुगेका सुदूरपश्चिम  प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले मन्त्रालयले सुदूरपश्चिमको जल यातायातको सम्भावनाबारे अध्ययन गरिरहेको बताए। 

'हामीले जल यातायातको सम्भावनाबारे अध्ययन गरिरहेका छौं,मन्त्री बोहराले भने, 'अध्ययनबाट प्राप्त निष्कर्षलाई कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको छ।' कार्यक्रममा सांसद झपटबहादुर रावल, नारदमूनी राना, सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनहादुर थापा, नेपाल कम्यूनिष्ट पार्टीका सुदूरपश्चिम अध्यक्ष तथा पूर्व मन्त्री कणबहादुर थापा, प्रदेश सभामा विपक्षी दलका नेता डाक्टर रणबहादुर रावल, सांसद रतन थापालगायतले आफ्ना धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.