राजर्षि जनककप फुटबलको तयारी पूरा

राजर्षि जनककप फुटबलको तयारी पूरा

मलंगवा : राजर्षि जनककप फुटबल प्रतियोगिता तयारी पूरा भएको छ। बागमती युवा क्लबको आयोजनामा चैत्र २५ गते देखि हुने प्रतियोगिताको तयारी पूरा भएको हो ।

फुटबल प्रतियोगिताको लागि खेलमैदान, मैदानको वरीपरी तारजालीको बार, दर्शकलाई बस्नका लागि प्यारापिटको निर्माण भइसकेको क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। बागमती ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजना हुने प्रतियोगितामा सहभागी हुनका लागि टिमहरु पनि बागमती आइसकेको मैनालीले जानकारी दिएका छन्। 

 १० लाख पुरस्कार रहेको उक्त प्रतियोगितामा आयोजकसहित १२ टिमको सहभागिता रहनेछ। डिफेण्डिङ्ग च्याम्पियन सुदूरपश्चिम–११ सुदूरपश्चिम, नेपाल पुलिस क्लब काठमाडौं, एपीएफ क्लब काठमाडौं, रुस्लान थ्रि स्टार क्लब ललितपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, सरस्वती युवा क्लब काठमाडौं, फ्रेण्डस् क्लब काठमाडौं, झापा–११, वीरगंज युनाईटेड जस्ता चर्चित क्लबसहित भूटानको पारो फुटबल क्लबको उपाधिका लागि प्रतिष्पर्धा हुने अध्यक्ष मैनालीले जानकारी दिएका छन्। 

बैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताको प्रथम हुनेलाई नगद १० लाख, दोश्रोलाई ५ लाखसहित कप प्रदान गरिने छ। खेलमा करिब ७५ लाख रुपैंया खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगितामा हरेक विधामा उत्कृष्ट गर्ने खेलाडीलाई जनही २५ हजार रुपैंयाँ तथा हरेक दिनको म्यादअफ दि म्याच घोषित खेलाडीलाई २० हजार रुपैंयाँ प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही निवासी एक खेलाडीलाई बागमती राईजीङ अफ दि ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाईकल प्रदान गरिने छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.