ताप्लेजुङमा जेसीबीसँगै चालक पहिरोमा पुरिए

ताप्लेजुङमा जेसीबीसँगै चालक पहिरोमा पुरिए

ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिका-५ पेदाङमा सडक खन्ने क्रममा खसेको पहिरोले चालकसहित जेसीबी मेसिनलाई पुगेको छ।  जोरपुलदेखि राष्ट्रिय मावि पेदाङ जाने सडक खनिररहेका   सिन्धुली  २४ वर्षीय वीरबहादुर तामाङ मेसिनसँगै पुरिएका हुन्। 

गाउँपालिका अध्यक्ष टिकाराम गुरुङका अनुसार आइतबार बिहान १०:३० बजे पेदाङको मुक्तुरा भिर काट्ने क्रममा पहरा फुटेर चालकसहित जेसीबी पुरिएको हो।  मेसिन पूर्ण रुपमा पुरिएकाले चालकको अवस्था यस्तै छ भन्ने अवस्था नरहेको अध्यक्ष गुरुङको भनाइ छ। 

मेसिनसँगै पुरिएका चालकको उद्धारका लागि अर्को जेसीबी झिकाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले जानकारी दिए। 

सिन्धुली घर भएका चालक तामाङ दुई दिनअघि मात्रै सिरिजंघामा पुगेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.