हावाहुरी पीडितलाई ५० हजार सहयोग
स्याङ्जा : पुतलीबजार नगरपालिका-३ निवासी समाजसेवी ७० वर्षीय हरिनारायण शर्माले हावाहुरी पीडितलाई ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन्।
बारा जिल्लाको फेटा गाउँपालिकामा एक साताअघि आएको भूमरीसहितको भीषण हुरी पीडितलाई सहयोगस्वरुप नगद सहयोग गरेको बताए।पेशाले उनी किसान हुन्।
प्रदेश- २ अन्र्तगत मुख्यमन्त्री राहत कोष अन्र्तगतको खातामा शर्माले सो नगद जम्मा गरेर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आइतबार भौचर बुझाएको प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए।